जयललिताको बायोपिकका लागि मेकअपमा व्यस्त कंगना, लीक भयो तस्वीर

असोज ३, २०७६

काठमाडौं–बलिउडकी चर्चित नायीका कंगना रौनत कथाको भावमा डुब्न हरसम्भव कोसिस गर्ने नायीकामध्ये एक हुन् ।  

उनले आफ्नो भूमिकालाई आकर्षक बनाउन कुनै पनि कसर बाँकी छोड्दिनन्। कंगनाले केही समयअघि तमिलनाडुको पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी’को घोषणा गरेकी थिइन् तब लुकलाई लिएर विभिन्न चर्चा/परिचर्चा शुरू भएको छ । 


ADVERTISEMENT

कंगना रौनतले थवाइलीको लागि तयारी शुरू गरेकी छिन् । चलचित्रमा कंगना ४ फरक–फरक लुक्समा आउनेछिन् । यसका लागि उनले प्रोस्थेटिक्स मेकअप गर्न थालेकी छिन् । यसै शीलशीलामा उनको केही तस्वीरहरु सार्वजनिक भएका छन् । 

चलचित्र निर्माता विष्णु इन्दुरीले पहिले नै चर्चित हलिउड कलाकार जेसन कोलिन्स थलाइवीमा कंगनाको लुक्सले काम गर्ने बताएका थिए । यसकै लागि कंगना केही समय पहिले लस एन्जलिस गएकी थिइन् ।

रंगोली चंदेलले सामाजिक सञ्जालमा कंगनाको तस्वीर सेयर गरेकी छिन् । तस्वीरमा कंगना प्रोस्थेटिक्स ग्लू मेकअप गरेकी छिन् । 
 

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार