×

NMB BANK
NIC ASIA

मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । आज (शुक्रवार) यहाँ शुरू भएको मेरुदण्ड, नशा र मांशपेशी (स्पाइन कन्फ्ररेन्स) सम्मेलनका  सहभागी चिकित्सकले सो कुरामा जोड दिँदै यस विधामा सरकारको लगानी बढाउन आवश्यक रहेको औँल्याए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल मुलुकभर ८० जना मात्र मेरुदण्ड, नशा र मांशपेशीका विज्ञ चिकित्सक रहेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

न्यूरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्यूरो स्पाइन च्याप्टरद्वारा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित भारत, अमेरिकाका न्युरो सर्जन, अर्थाेपेडिक्स, फिजियोथेरापिष्ट, न्युरो ट्रमा विशेषज्ञ, बालनशा रोग विशेषज्ञलगायत १२५ भन्दाबढी स्वास्थ्यकर्मीको सभागिता रहेको छ । सम्मेलनमा ती क्षेत्रका २० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । 

Vianet communication
Laxmi Bank

सम्मेलनको शुभारम्भका अवसरमा नेसोनका अध्यक्ष चिकित्सक निलमकुमार खड्काले मेरुदण्ड, नशा र मांशपेशीका जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिन, तल्लो तहका अस्पतालमा नशा रोग चिकित्सकको व्यवस्था गर्न आग्रह गर्दै मेरुदण्ड, नशा र मांशपेशीका बिरामीका लागि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्छ भने।  

अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर डा समीर आचार्यले पछिल्लो समयमा हड्डी खिइने, नशा च्यापिने, हड्डीमा मासु पलाउने रोगीका सङ्ख्या तथा सडक दुर्घटनाका कारण मेरुदण्ड भाँचिने क्रम वृद्धि भइराखेको उल्लेख गरे। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x