×

NMB BANK
NIC ASIA

विप्लवको छोरोले नेतृत्व गरेको आन्दोलनबारे बोल्यो त्रिवि

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन– त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीको मनपरी शुल्क लिएको आरोप लागेको चितवन मेडिकल कलेज एन्ड साइन्सेज भरतपुलाई विद्यार्थीबाट बढी असुल गरेको शुल्क फिर्ता दिन निर्देशन दिएको छ । 
विद्यार्थीहरुले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै निरन्तर आन्दोलन गर्दै आएपछि त्रिविले यस्तो निर्देशन दिएको हो । 
त्रिविबाट शुक्रबार जारी विज्ञप्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीको शिक्षण शुल्क गत भदौ २८ मा बसेको मन्त्रिपरिषद् बैठकले तोकेकोमा सो भन्दा बढी शुल्क लिन नपाइने जनाइएको छ । 
विद्यार्थीहरुले राखेको मागको सम्बन्धमा कलेज सञ्चालक र सम्बन्धित पक्षले वार्ता तथा संवाद गरी शुल्क बढी लिएकोभए फिर्ता दिन विज्ञप्तिमा आग्रह गरिएको छ ।
त्रिविले विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्ने अस्पताल जस्तो संवेदनशील स्थानमा बाधा अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन पनि सबैसँग अनुरोध गरेको छ । चितवन मेडिकल कलेजमा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशको नेतृत्वमा आन्दोलन हुँदै आएको छ । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x