नेकपा संसदीय दलको बैठक बस्दै

असोज ४, २०७६

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज (शनिवार) बस्दैछ । बैठक मध्यान १२ बजे बस्ने तय भएको  नेकपाका सचेतक देव गुरुङले लोकान्तरलाई जानकारी दिए।

संसदको चौथो अधिवेशन सकिएकाले आआफ्नो जिल्ला फर्कन लागेका सांसदहरुलाई आज बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षहरुसँग सम्वाद हुने उनले बताए ।


ADVERTISEMENT

बैठकमा जिल्ला फर्कन लागेका सांसदहरुलाई केही निर्देशनहरु हुन सक्ने समेत उनको भनाई छ । 

बैठकमा दशैंको अग्रीम शुभकामना आदान प्रदान गरिने समेत उनले बताए । 
 

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस