भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना

असोज ४, २०७६

अत्तरिया–कैलालीको त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नाकामा सहायता कक्ष स्थापना गरिएको हो । 

चाडपर्वमा घर फर्किने नेपालीलाई सहज होस् भन्नका लागि नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रजिअ यज्ञराज बोहराले जानकारी दिए ।


ADVERTISEMENT

दशैँ, तिहारमा भारतबाट फर्किने नेपालीसँगै नेपालबाट फर्किने भारतीयलाई सीमा सहायता कक्षमा रहेका दुवै देशका प्रहरी अधिकारीले सहयोग गर्ने उनको भनाइ छ ।

विगतका वर्षमा चाडपर्वका बेला भारतबाट घर फर्किने नेपालीमाथि सीमा नाकामा दुर्व्यवहार हुने गरेको गुनासो आउने गरेको थियो । सहायता कक्ष स्थापना गरिएपछि सीमा नाकामा लुटपाट हुने, सुरक्षाकर्मीले अनावश्यक दुःख दिने, रकम असुल गर्ने लगायतका समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ । 
 

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस