एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलन गर्ने सम्झौता

असोज ४, २०७६

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजस्व एनआईसी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार लोक सेवा आयोगका परीक्षार्थीले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालय र ७० वटा एक्स्टेन्सन काउन्टरबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नेछन् ।


ADVERTISEMENT

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरे ।

सम्झौतासँगै देशभर अधिकतम शाखा सञ्जाल रहेको बैंकबाट लोक सेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २९८ शाखा कार्यालय, ३५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करीब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस