×

NMB BANK
NIC ASIA

संविधान कार्यान्वयनसँगै समृद्धि आउँछ : मन्त्री थापामगर

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसँगै मुलुकले समृद्धि प्राप्त गर्ने बताएका छन् ।

Muktinath Bank

संविधान दिवसको अवसरमा शनिवार पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई फलफूल वितरण कार्यक्रममा बोल्दै उनले संविधानले सबैको हक र अधिकारलाई सुचिश्चित गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव सेवा जस्तो धर्म अरु कुनै पनि नभएको उल्लेख गर्दै उनले समाजका असहाय ज्येष्ठ नागरिक, विपन्न वर्गका बालबालिकाको क्षेत्रमा संलग्न विभिन्न संघसंस्थाका लागि प्रदेश सरकारको सहयोग रहने जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले आश्रममा विभिन्न जिल्ला र समुदायबाट आएका कठिन परिस्थितिका ६५ वृद्धवृद्धा र १० सेवकसेविका आवद्ध रहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

आमाबुबालाई मायाममता दिएर घरमै राख्ने र सहारा कोही पनि नभएका ज्येष्ठ नागरिकलाई मात्र वृद्धाश्रममा ल्याउनुपर्ने संस्कारको विकास आवश्यक रहेको उल्लेख गर्दै उनले मानव परोपकारी संस्थालाई सरकारीस्तरबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुली, मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारी लगायतले वृद्धाश्रमले राज्यको दायित्वभन्दा माथि उठेर समाजका विपन्न एवं असहाय ज्येष्ठ नागरिकको सेवामा समर्पित रहेको बताए ।

प्रदेश सरकारले संविधान दिवसको ३ दिने कार्यक्रमअन्तर्गत शनिवार अन्तिम दिन पोखरा र आसपासका विभिन्न ६ संघसंस्थामा फलफूल तथा आवश्यक भौतिक सामग्री वितरण गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x