मोदीले देखाए सरलता, खसेको फूल आफैं उठाए (भिडियो)

असोज ५, २०७६

काठमाडौं – अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्युस्टनमा भव्य स्वागत गरिएको छ । 

स्वागत समारोहस्थलमा मोदीले सरलताको एक झलक समेत देखाए । स्वागतका क्रममा दिइएको बूकेबाट फूल खसेपछि मोदीले त्यो देखे । त्यसपछि उनले आफैं झुकेर फूल उठाए र सैन्य अधिकारीसँग हात मिलाए । 


ADVERTISEMENT

आइतवार उनले हाउडी मोदी कार्यक्रममा सम्बोधन गर्नेछन् । 

अमेरिकाको चेम्बर अफ कमर्ससँग जोडिएको यूएस इन्डिया बिजनेस काउन्सिल (यूएसआईबीसी)ले भारतसँग सम्बन्ध भएको शीर्ष अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्छ । उसले दुई देशबीच थप राम्रो र ठूलो द्विपक्षीय व्यापारिक सम्बन्धको वकालत गर्छ ।

यूएसआईबीसीकी अध्यक्ष निशा देसाई बिस्वालले यात्राका बेलामा घोषणाहरूको सम्भावना देखेको बताए । 

जर्ज बुश अन्तर्राष्ट्रिय विमानस्थल पुग्दाखेरी मोदीलाई भारतीय समुदायले न्यानो स्वागत गरेको थियो । उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको समेत उपस्थिति रहने हाउडी मोदी कार्यक्रममा ५० हजारभन्दा बढी भारतीय मूलका अमेरिकीहरूलाई सम्बोधन गर्नेछन् ।

एजेन्सी

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस