यौन दुर्व्यवहारका अभियुक्तलाई कैद

असोज ५, २०७६

सप्तरी–जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज (आइतवार) कैद सजाय गरेको छ ।

जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।
    
अभियुक्त रजकलाई तीन महीना कैद र रु ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दीलकुमार बर्देवाले बताए।


ADVERTISEMENT

अदालतको फैसलामा भनिएको छ, 'मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महीना कैद र ३० हजार जरिवाना हुने ठहर्छ ।'

रजकमाथि बाटामा हिँडिरहेकी किशोरीलाई गत भदौ ७ गते घरभित्र लगेर हातपात गरी यौन दुर्व्यवहार गरेको आरोप छ ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७५ भदौ ८ गते उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको थियो ।
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस