मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
असोज ५, २०७६
काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कैलालीको टीकापुर घटनामा दोषी ठहरभै जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीलाई स–सम्मान फिर्ता ल्याइने बताएका छन् ।
आइतवार सुनसरीको रामधुनीमा जितिया पर्वको अवसरमा आयोजित सभामा बोल्दै प्रचण्डले बालुवाटारमा यसबारे छलफल भएको बताए ।
'टीकापुर घटनामा जे भएको छ, हामीले अस्ति भर्खर बालुवाटारमा छलफल गरेका छौं,' उनले चौधरीको नाम नलिइकन भने, 'झुटा मुद्दा खारेज गर्ने प्रक्रियामा अघि बढेको छ । बन्दी अवस्थामा रहेकाहरू मुक्त हुन्छन् । जनताको विश्वास जितेर माननीय भएकालाई ससम्मान फिर्ता ल्याउने काम हुन्छ ।'
आफूले नेतृत्व गरेको जनयुद्धका दर्जनौं योद्धाहरू अझै पनि जेलमा भएको र यसले आफूलाई पीडा दिएको प्रचण्डको भनाइ छ ।
'मेरै आन्दोलनका दर्जनौं साथीहरू अझै पनि जेलमा छन्,' उनले भने, 'मलाई पनि पीडा छ । फेरि पनि प्राप्त उपलब्धिको रक्षा गर्ने र बाँकी उपलब्धि हासिल गर्ने बाटोतिर जानुको विकल्प छैन ।'
प्रचण्डले संविधान संशोधनका लागि आफूले दुईपटक प्रस्ताव गरेको स्मरण गरे ।
संविधानका कतिपय व्यवस्थामा 'नोट अफ डिसेन्ट' राख्ने पहिलो नेता आफू भएको उनको दाबी छ ।
'म संविधानसभाको त्यस्तो राजनीतिक दलको त्यस्तो नेता हुँ जसले संविधान पूर्ण भएको छैन, धेरै संशोधन गर्नुपर्छ भनेर रिजर्भेसन राखेको थिएँ,' प्रचण्डले भने, 'मैले नोट अफ डिसेन्ट संविधान सभामै राखेको छु । संशोधनका निम्ति अगाडि बढ्नुपर्छ भनेर पटक-पटक अपिल गरिरहेको छु ।'
प्रचण्डले संयुक्त राष्ट्रसंघको रेकर्डमा पनि सबभन्दा धेरै त्याग/बलिदान गर्ने समुदाय थारू नै रहेको दाबी गरे ।
'संयुक्त राष्ट्रसंघको रेकर्डमा पनि सबभन्दा धेरै त्याग, बलिदानी गर्ने र बेपत्ता हुने थारू समुदाय नै भएको उल्लेख छ,' प्रचण्डले भने, 'थारूहरू सोझो, इमान्दार र मेहेनेती भएकैले शासकहरूले फुटाउने र राज गर्ने खेल खेलिरहेका छन् ।'
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...