×

NMB BANK
NIC ASIA

६ हजार भूकम्पपीडितको घर पुनःनिर्माण

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली–तनहुँका छ हजार ९५ भूकम्पपीडितले घर पुनःनिर्माण गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका अनुसार भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनीयर सुनिता श्रेष्ठका अनुसार छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् ।


Advertisment
Nabil box
Kumari

जिल्लामा १३ हजार ३३७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो । बाह्र हजार ९८० लाभग्राहीले पहिलो किस्ता बुझे पनि आठ हजार ८५० लाभग्राहीले आवास निर्माण शुरु गरेका थिए । यस्तै आठ हजार १३३ लाभग्राहीले दोस्रो र छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेको श्रेष्ठले बताए। 

Vianet communication
Laxmi Bank

बन्दीपुर गाउँपालिकाका ४८१, आँबुखैरेनी गाउँपालिकाका ४३९, शुक्लागण्डकी नगरपालिकाका ८०३, व्यास नगरपालिकाका ९७२, ऋषिङ गाउँपालिकाका २२४, म्याग्दे गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका २४७, घिरिङ गाउँपालिकाका ११५, भानु नगरपालिकाका दुई हजार दुई र भीमाद नगरपालिकाका २९७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । सो एकाइमार्फत जिल्लामा तीन सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने एउटा कार्यालयको निर्माण सम्पन्न हुँदैछ । 

रु एक करोड ५९ लाख ४० हजार लागतमा घरेलु तथा साना उद्योग विकास समिति, रु दुई करोड ६५ लाख चार हजार लागतमा डिभिजन वन कार्यालय र रु दुई करोड १४ लाख ९० हजारको लागतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भवन निर्माण गरिएको हो । सो कार्यालयमार्फत तनहुँ र गोरखामा निजी आवास, सरकारी कार्यालय भवन, एकीकृत बस्ती तथा पूर्वाधार र स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको काम भइरहेको छ ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको छ । लाभग्राही सूचीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा गत वैशाखमा दश स्थानीय तहमा सर्वेक्षण गरिएको योजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ । नौ हजार ७९२ घरधुरीले छुट तथा पुनःजाँच सर्र्वेक्षणका लागि फाराम भरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x