मान्छेभन्दा कुकुर जाती, ट्राफिक नियमको पालन गर्‍यो (भिडियो)

असोज ५, २०७६

काठमाडौं – मानिस आफूलाई बुद्धिमान् प्राणी ठान्छ तर जानीजानी मूर्ख काम गरिरहेको हुन्छ । बरू मानिसले बुद्धिहीन भनी हेप्ने पशुले अनुशासन पालन गर्छ ।

रसियन टीभी (आरटी) ले आफ्नो ट्विटर ह्यान्डलमा शेयर गरेको एउटा भिडियोले मूर्ख मानिस र बुद्धिमान् पशुको राम्रैसँग तुलना गरेको छ । 


ADVERTISEMENT

भिडियोमा एक व्यक्तिले जथाभावी सडक काट्ने हुँदा एउटा कारले आएर उनलाई ड्याम्मै लडाइदिएको देखिन्छ । 

अनि एकछिनपछि एउटा सेतो कुकुर त्यही सडकमा आउँछ । ऊ जेब्रा क्रसिङनेर सडकपेटीमा उभिन्छ । एउटा स्कूटर पास भएपछि ऊ जेब्रा क्रसबाटै सडक पार गर्छ ।

कारले बजाएको मानिस चाहिँ सडकमै लडिरहेको देखिन्छ ।  
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार