कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् - मन्त्री अर्याल

असोज ५, २०७६

भक्तपुर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छन् ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा 'प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी' विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आइतवार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।


ADVERTISEMENT

मन्त्री अर्यालले खासगरी योजना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् ।

'योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस्,' मन्त्री अर्यालले भनिन्, 'काम गर्नेले पाउदैन । कागज बनाउनेले पाउँछ । कागज बनाउनेले पाउछ निजी स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउँदै पाउँदैन । किनकी उसको नेतासँग पहुँचै छैन । उ दिनदिनै आउन पनि भ्याउँदैन । अनि भेट्न पनि सक्दैन ।'

 

 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस