पाकिस्तानकी हिन्दू छात्रा मृत्यु प्रकरण, मुस्लिम आरोपी भन्छन् - 'हामी बिहे गर्न चाहन्थ्यौं'

असोज ५, २०७६

काठमाडौँ - पाकिस्तानमा आफ्नो छात्रावासको कोठामा मृत भेटिएकी हिन्दू छात्राको केसमा हिरासतमा परेका एक आरोपीले उनले आफूसँग बिहे गर्न चाहेको खुलासा गरेका छन् ।

पाकिस्तानको लरकाना जिल्लास्थित एक डेन्टल कलेजको अन्तिम वर्षकी छात्रा निमृता चाँदनीको शव गत सोमवार उनको कोठामा पाइएको थियो । उनको घाँटीमा डोरी पाइएको थियो भने शव बिस्तारामा थियो ।


ADVERTISEMENT

प्रहरीले यस हत्याकाण्डमा चाँदनीका २ साथीसहित ३२ जनालाई हिरासतमा राखेको छ ।

पाकिस्तानको सञ्चारमाध्यम एक्सप्रेस ट्रिब्युनमा छापिएको खबर अनुसार हिरासतमा राखिएका एक आरोपी मेहरान अब्रोले दाबी गरेका छन् कि चाँदनीले उनीसँग प्रेम गर्थिन् । दुवै बिहे गर्न चाहन्थे ।

डेन्टल कलेजका एक प्रोफेसरले चाँदनी आफ्नो व्यक्तिगत जीवनका कतिपय विषयहरूलाई लिएर दुखित भएकी थिइन् ।

 

 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस