ज्यान मुद्दाका आरोपी अदालतको फैसलापछि भागे

प्रतीकात्मक तस्वीर
असोज ५, २०७६

काठमाडौँ -महानगरीय प्रहरी वृत्त गौशालामा थुनामा रहेका एक ज्यान मुद्दाका आरोपी भागेका छन् ।

थुनामा रहेका २८ वर्षका सनम तामाङ जिल्ला अदालतबाट भागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

सवारी ज्यानमुद्दामा थुनामा राखिएका उनी आइतवार जिल्ला अदालत काठमाडौँको फैसला सुनेपछि भागेका हुन् । 

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस