लागूऔषध धन्दामा विदेशी : तीन वर्षमा ४२६ जना समातिए

असोज ६, २०७६

काठमाडौं।  मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ ।
नेपाल प्रहरीको पछिल्ला तीन वर्षे तथ्यांकले नेपालमा विदेशी लागूऔषध कारोबारीको सक्रियतासँगै कारोबार बढेको देखाएको हो ।
प्रहरीको आर्थिक वर्ष २०७२÷७३ देखि २०७४÷७५ सम्मको तथ्यांकले तीन वर्षको अवधिमा ४ सय २६ जना विदेशी नागरिक लागूऔषध कारोबार क्रममा पक्राउ परेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा १ सय १२ जना पुरुष तथा ६ जना महिला गरी १ सय १८ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । यसैगरी, आव २०७३÷७४ मा १ सय ४६ जना पुरुष तथा १३ जना महिला गरी १ सय ५९ जना विदेशी नागरिक लागूऔषध कारोबारको शीर्षकमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको हो । राजधानी दैनिकमा खबर छ ।


ADVERTISEMENT

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस