आँखा वरिपरि कालो घेरा बस्यो ? यसरी हटाउनुहोस् (तरिकासहित)

असोज ६, २०७६

काठमाडौं–पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्याधिक तनावका कारण आँखामा कालो घेरा (डार्क सर्कल) देखा पर्छ ।

जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही कखानेकुराको सेवनबाट कालो घेरा हुनबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कमीले आँखावरिपरिको कालो घेरा देखा पर्ने गर्छ । 


ADVERTISEMENT

  • भिटामिन ए युक्त खानेकुरा, जस्तै– फसी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ । 
  • भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछ ।जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । 
  • अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन कमीले डार्क सर्कल कम गर्छ ।
  • आँखापरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ । 
  • कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगायर त्यसपछि धुन सकिन्छ । 
  • सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ । 
  • भिटामिन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ । नयाँ पत्रिकामा खबर छ । 
     
असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस