×

NMB BANK
NIC ASIA

प्राविधिक शिक्षामा ठगी

सीटीईभीटीको नाममा ठगीधन्दा : लाखौं ठगेर इन्स्टिच्युट सञ्चालक फरार, विद्यार्थी बिचल्लीमा

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – बझाङको बुंगल नगरपालिका–४ खिरातडीकी सुलोचना कार्की १ वर्षअघि प्राविधिक शिक्षा लिने भन्दै धनगढीस्थित धनगढी मल्टी स्किल इन्स्टिच्यूट अफ टेक्नोलोजी प्रालिमा भर्ना भइन् ।

Sagarmatha Cement
Muktinath Bank

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त संस्था हो भनेपछि उनी १८ महिने कृषि जेटीए पढाइको लागि भर्ना भइन् । विभिन्न सपना बुन्दै पढाइमा जुटिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जब सीटीईभीटी अन्तर्गतको सोही सरहको परीक्षा गत भदौ ४ गतेदेखि शुरू भयो । अन्य विद्यालय तथा इस्टिच्यूटमा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी भए तर उनी परीक्षामा समावेश हुन नपाएपछि बल्ल आफू ठगिएको रहस्य थाहा पाइन् । डेढ वर्षको समय बर्बादी त्यसमाथि पढाइबापत लाखौं रुपैयाँ स्वाहा भएपछि छाँगाबाट खसेझै भइन् ।


Advertisment
Nabil box
Kumari

भर्ना र पढाइ शुल्कबापत मात्रै ९८ हजार ८ सय रुपैयाँ भुक्तानी गरेकी उनी कानूनी उपचारको लागि हाल जिल्ला प्रहरी कार्यालय कैलालीको चक्कर लगाउन बाध्य छिन् ।

Vianet communication
Laxmi Bank

सुलोचनाले बिलौना गरिन्, ‘सीटीईभीटीबाट मान्यता प्राप्त भनियो, सीमित कोटा छ भनी साथीबाट भर्ना हुन सल्लाह पाएपछि भर्ना भई पढियो । लास्टमा समय पनि बर्बाद भयो । लाखौं खर्च भयो । हाल घरको न घाटको भएँ ।’

बझाङ जिल्लाको थलारा गाउँपालिका–८ का मोहन जोशी रेग्मी पनि गत वर्ष भेटेरिनरी जेटिए पढ्ने भन्दै सोही इस्टिच्युटमा भर्ना भए । भर्ना शुल्क मात्रै ४० हजार बुुझाएका उनी हालसम्म १ लाख रुपैयाँ भुक्तानी गरेका छन् तर समय र पैसा दुवै खर्च गरेपनि हातमा शून्य लागेपछि फसादमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा भेटिएका मोहनले भने, ‘खुलेआम ठगियौं । जिन्दगी नै बर्बाद गर्‍यो । प्रहरीले पनि हालसम्म इस्टिच्युट सञ्चालकलाई पक्राउ गर्न सकेको छैन । न्याय माग्दै हिँड्न बाध्य छौं ।’

मोहन र सुलोचनाले मात्रै होइन, सोही इस्टिच्युटमा अध्ययनरत पुराना र नयाँ गरी ४५ जना विद्यार्थी ठगिएका छन् । विद्यार्थीबाट इस्टिच्युट सञ्चालक राजाराम चौधरीले प्रतिविद्यार्थी ४० हजारदेखि १ लाख रुपैयाँसम्म विभिन्न शुल्कको नाममा असुल गरी फरार छन् ।

सीटीईभीटी अन्तर्गतको भदौ ४ गते हुने परीक्षामा सहभागी हुन नपाएपछि ठगिएको रहस्य थाहा पाएका ३५ जना विद्यार्थीले इस्टिच्युट सञ्चालक चौधरीसहित २ जनाविरुद्ध असोज १ गते ‘क्षतिपूर्तिसहित पैसा फिर्ता गराइ पाऊ’ भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा ठगी मुद्दा दिएका छन् । विद्यार्थीले साढे १९ लाख रुपैयाँ फिर्ताको मागसहित निवेदन दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तर विद्यार्थीका अनुसार १६ जना पुराना र २९ जना नयाँ गरी ४५ जना ठगिएको बताएका छन् । करीब १ करोड रुपैयाँ ठगिएको विद्यार्थीको दाबी छ ।

जिप्रका कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले निवेदन परेपछि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई सञ्चालकको खोजी कार्य जारी राखी अनुसन्धान थालेको बताए । सञ्चालक चौधरी पहिले पनि ठगी कसूरमा कैद सजाय भुक्तान गरिसकेकाले सो अनुसार प्रहरीले अनुसन्धान थालेको डीएसपी बस्नेतले बताए ।

ठगीमा परेका विद्यार्थी न्याय खोज्दै

फरार रहेका सञ्चालक चौधरीलाई प्रहरीले पक्राउ गर्न नसक्दा विद्यार्थी चिन्तित बनेका छन् । सोही इन्स्टिच्युटमा कृषि जेटीए पढ्ने भन्दै गत भदौमा भर्ना भएकी कैलालीको गौरीगंगा नगरपालिका–२ चौमालाकी महेश्वरी ओझाले आफूहरूको भविष्य बर्बाद गर्नेलाई हदैसम्मको कारवाही र क्षतिपूर्तिसहित पैसा फिर्ता हुनुपर्ने माग गरिन् । फरार रहेका सञ्चालक पक्राउ नपरेपछि उनी निराश भएकी छिन् ।

फरार रहेका सञ्चालक चौधरीले विद्यार्थीलाई विभिन्न मोबाइल नम्बरबाट म्यासेज पठाएर पैसा फिर्ता गर्ने आश्वासन दिन थालेको र आफूहरू अब कुनै आश्वासनको पछाडि नलागी ठगी गर्नेलाई कारवाही गराएरै छोड्ने विद्यार्थीले जनाएका छन् ।

गत भदौमा कृषि जेटीए पढ्ने भन्दै ६५ हजार ४९१ रुपैयाँ तिरेर भर्ना भएकी अछाम जिल्लाको मेल्लेख गाउँपालिका–३ की छायाँकुमारी शाहले ठगहरूलाई हदैसम्मको कारवाही गराएरै छोड्ने बताइन् ।

फरार चौधरीको ठगीधन्दा पुरानै 

हाल ठगी मुद्दामा फरार रहेका धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालिका सञ्चालक चौधरी पहिला पनि ठगी मुद्दामा जेल सजाय भुक्तान गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार कैलालीको गौरीगंगा नगरपालिका–८ घर भएका चौधरीले यसअघि सीटीईभीटीको नाममा सयौं विद्यार्थीलाई ठगेको अभियोगमा जेल सजाय भुक्तान गरिसकेका छन् ।

२०७३ सालमा ११८ जना विद्यार्थीलाई ठगेको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई २०७३ पुस १ गते ९९ लाख रुपैयाँ धरौटी बुझाउन भनी फैसला सुनाएको थियो तर उनले धरौटी बुझाउन नसक्दा जेल सजाय भुक्तान गरी छुटेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x