×

NMB BANK
NIC ASIA

वृद्धलाई एमआरआई मशिनमा राखेर बिर्सिए प्राविधिकले, गाह्रो परेपछि आफैं निस्किए

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको पञ्चकूलास्थित एक अस्पतालमा ५९ वर्षीय वृद्ध राम मेहरलाई एमआरआई मशिनमा राखेर प्राविधिकले बिर्सिएको घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

उनलाई मशिनभित्र छोडेर प्राविधिक एकातिर हिँडेपछि रोगीले निकै हात पाउ चलाए र पेटी बाँधेको हुँदा उनले हलचल गर्न सकेनन् । अब ज्यानै जान्छ भन्ने लागेपछि उनले निकै बल लगाए अनि पेटी चुँडियो र उनी मशिनबाट बाहिर निस्किए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडितले कर्मचारीहरूबाट गम्भीर लापरवाही भएको भन्दै प्रहरी चौकीमा उजुरी दिएका छन् । उजुरीमा उनले आफू ३० सेकेन्ड अझै बाहिर ननिस्केको भए मर्ने कुरा उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

सेन्टर इन्चार्ज अमित खोखरले भने रोगी आफैं समयअगावै मशिनबाट बाहिर निस्किएको बताए । उनले भने, ‘मैले प्राविधिकसँग कुरा गरें । रोगीलाई २० मिनटको स्क्यान गर्नुपर्ने थियो । प्राविधिकले अन्तिम तीन मिनटको सिक्वेन्स लिनुपर्ने थियो र अन्तिमको दुई मिनट बाँकी थियो । रोगी यसक्रममा निकै आत्तिए र हल्लिन थाले । उनलाई हल्लिन मनाही गरिएको थियो । एक मिनट बाँकी रहँदा प्राविधिकले रोगी आधी जति बाहिर आएको देखे । अनि प्राविधिकले नै रोगीलाई बाहिर निकाले ।’

Vianet communication
Laxmi Bank

प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x