किम कार्दाशियानको यो रूप देखेर मानिस तीनछक्क

असोज ११, २०७६

काठमाडौं – अमेरिकाकी प्रसिद्ध सेलेब्रिटी किम कार्दाशियानले उदारतापूवर्क अंगप्रदर्शन गर्ने गरेकी छन् । उनको यही उदारताका कारण थुप्रै फ्यान बनेका छन् । 

आइतवार राति आयोजना गरिएको एम्मी अवार्ड समारोहमा किमको विशाल नितम्ब देखेर मानिसहरू तीनछक्क परे । यी ३८ वर्षीया सेलेब्रिटीको नितम्ब निकै नै ठूलो देखिएको थियो । 


ADVERTISEMENT

उनले कालो रंगको भिभिएन वेस्टवूड ड्रेस लगाएकी थिइन् । उनी रेड कार्पेटमा हिँड्दा सबैको आँखा उनैमा परेको थियो । 

किमले नितम्बलाई शल्यक्रिया गरेर बढाएको विश्वास गरिन्छ । उनले यसका लागि ४३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान छ । 

तर उनले लगाएको वस्त्रका कारण पनि उनको नितम्ब निकै विशाल देखिएको हुनुपर्छ किनकि उक्त वस्त्रको पछिल्तिर कारीगरी गरिएको थियो । 

किम र उनकी सौतेनी बहिनी केन्डल जेन्नरले रियालिटी टीभी पुरस्कार बाँड्दा आफूहरू वास्तविक मानिस भएको भनेपछि दर्शकहरू गलल्ल हाँसेका थिए ।

एजेन्सी
 

असोज ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस