तालु खुइलिने समस्या रोक्ने टोपी बनाइयो

असोज ६, २०७६

काठमाडौं – पुरुषमा तालु खुइलिने समस्या रोक्नका लागि एउटा टोपी वैज्ञानिकहरूले बनाएका छन् । टोपीमा रहेको एउटा प्याचले विद्युत् उत्पन्न गरेर कपाल झर्न रोक्ने वैज्ञानिकहरूको आशा छ । 

एक अनुसन्धाताका तालुखुइले बुवामाथि यस डिभाइसको परीक्षण गरिएको थियो र एक महिनाभित्र उनको कपाल फेरि पलाएर आयो । 


ADVERTISEMENT

औषधिहरूभन्दा राम्रो काम यसले गरेको पाइयो र यसको साइड इफेक्ट पनि देखिएन । 

एक मिलिमिटरको प्याचले गतिका आधारमा तालुमा विद्युतीय झट्का दिन्छ अनि छालामा रहेको कपाल बढाउने रसायनलाई प्रवर्द्धन गर्छ । 

अमेरिकाको विस्कोन्सिन विश्वविद्यालयका अनुसन्धाताहरूले विद्युतीय झट्का अत्यन्तै सामान्य हुने र त्यसले कुनै असहजता नदिने बताए । 

अनुसन्धान टोलीले बेसबल क्यापमा प्याच राखेर थप अन्य पुरुषहरूमा यसको परीक्षण गर्ने सोच बनाएको छ ।

एजेन्सी

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस