×

NMB BANK
NIC ASIA

अदुवाको भाउ बढेपछि किसानमा उत्साह

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–विगतका वर्षभन्दा यसपटक अदुवाको भाउ बढेपछि किसानमा उत्साह थपिएको छ । गत वर्षभन्दा चारगुणा बढी भाउ आएपछि किसानले यो वर्ष अदुवाबाट राम्रै मूल्य हात पर्ने भएपछि किसानमा उत्साह थपिएको हो ।
       
भारतीय अवरोध, सङ्क्रमण र मौसमी समस्याले विगतका वर्षमा लगायत अनुसारको मूल्य नपाएका किसानले यसपटक भने उचित मूल्य पाउने भएका छन् । 
     
अदुवाको बिक्रीबाट प्राप्त हुने रकमले नै दशैँ मनाउने सुरसारमा किसान रहेका छन् । 'दशैँअघि नै अदुवा थन्क्याउने सुरसारमा छौँ । यो पटक भाउ राम्रो आएकाले आम्दानी राम्रै हुने आशमा छु', इलाम नगरपालिकास्थित ओख्रेका किसान चन्द्र घिमिरेले भने। गत वर्ष १० मन (एक मनको ४० किलो) अदुवा रोपेका घिमिरेले यसपटक पाँच मन मात्र रोपेका थिए । अदुवाको भाउ आएको थाहा पाएपछि भने कम रोपेकामा पछुतोसमेत भएको घिमिरेको भनाइ छ । 

Sagarmatha Cement
Muktinath Bank

भारतीय समस्या र सङ्क्रमण नभएकाले यसपटक अदुवाको मूल्य उच्च भएको व्यवसायीको भनाइ छ । भारतीय नाकामा महीनौँ थन्क्याउनुपर्ने समस्याले गर्दासमेत अदुवा किन्न डराउनुपर्ने स्थिति विगतका वर्षमा थियो । तर यो वर्ष भने भारतीय बजारमा पनि अदुवाको माग उच्च रहेको व्यवसायी कृष्ण पौडेलको भनाइ छ । 
    
'भारतीय अवरोध र रोगका कारण विगतका वर्षमा भारतीय बजारमा नेपाली अदुवाको माग थिएन', पौडेलले भने,'यसपटक भने किसानले राम्रै मूल्य पाउने भएका छन् । यो भाउ गत वर्षकोभन्दा तीनगुणा बढी हुन्छ ।' तर अदुवाको उत्पादन भने गत वर्षभन्दा आधा कम भएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नं १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ । इलाममा तीन हजार २३३ हेक्टरमा अदुवाखेती भएर ४५ हजार ९९४ टन उत्पादन हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

नेपालका २६ जिल्लामा अदुवाखेती हुँदै आएको छ । चीन र भारतपछि विश्वका अदुवा उत्पादक देशमा नेपाल तेस्रो स्थानमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ । नेपालमा उत्पादन हुने अदुवामध्ये ९४ प्रतिशत भारतमा निकासी हुन्छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x