कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडौं – इजिप्टका सुरक्षाकर्मीहरूले २०० जना सरकारविरोधी प्रदर्शनकारीमाथि आइतवार सुएज शहरमा अश्रूग्यास र गोली प्रहार गरेका छन् ।
राजधानी कायरोको तहरिर स्क्वेयरमा भारी सुरक्षा व्यवस्था मिलाइएको थियो । उक्त क्षेत्र सन् २०११ मा भएको क्रान्तिको केन्द्र थियो ।
पूर्व सैन्य जनरल राष्ट्रपति अब्देल फत्तह अल–सिसीको राजीनामा माग्दै विभिन्न शहरमा प्रदर्शन गरिएको थियो ।
इजिप्टमा सन् २०१३ मा भएको सैन्य कूपछि विरोध प्रदर्शनमा प्रतिबन्ध लगाइएकोले अहिले भएको प्रदर्शन दुर्लभ नै हो ।
तर सामानको मूल्यवृद्धिका विषयमा भएको असन्तुष्टि बढ्दो क्रममा छ । सिसी सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग १२ अर्ब डलरको ऋण प्याकेज अन्तर्गत सन् २०१६ देखि सरकारी खर्च कटौती गराएको छ ।
लगभग एक तिहाइ इजिप्टवासीहरू गरीबी रेखामुनि बस्ने गरेको गत जुलाई महिनामा प्रकाशित आधिकारिक आँकडामा देखाइएको छ ।
शनिवार भएको प्रदर्शनमा सुरक्षाबलले अश्रूग्यास, रबरको गोली र धातुको गोली प्रहार गरेको र केही मानिस घाइते भएको एक व्यक्तिले बताए ।
नाम नबताउने अर्का व्यक्तिले अश्रूग्यास निकै बाक्लो भएकाले प्रदर्शनस्थलभन्दा केही किलोमिटर पर रहेको अपार्टमेन्टमा पुगेको बताए ।
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...