×

NMB BANK
NIC ASIA

२३ वर्ष पछि चिनियाँ राज्यप्रमुखको नेपाल भ्रमण, स्वागतको तयारी हुँदै

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो ।

Muktinath Bank

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने निश्चितजस्तो भएको पछिल्ला बहस र चर्चाहरूले देखाएको छ । असोजको अन्तिम सातासम्म उनीनेपाल आउने सूचना देशका जिम्मेवार सञ्चारगृहहरूले सम्प्रेषण गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

विदेश मामिलाका जानकारहरूका आलेख एवम् विचारहरूमा यो भ्रमणको सम्भावना र स’निश्चितताका अभिव्यक्ति देखिन्छ । उनीहरूका विचार सुन्दालाग्छ मित्रराष्ट्र चीनका राष्ट्रपतिको नेपाल आगमन कहिले होला भन्ने प्रतीक्षाको घडी अब सकिइसकेको छ र उनलेनिकट भविष्यमै नेपालको भ्रमण गर्न लागेका छन् । 

Vianet communication
Laxmi Bank

गत भदौ २२ मा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँ तीन दिन रहे। यो भ्रमण पनि चिनियाँ राष्ट्रपति चिनफिङको भ्रमणको तयारी प्रक्रियाको प्रारम्भका लागि रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अभिव्यक्तिबाट पनि बुझ्न सकिन्छ । नेपाल आएकै दिन विदेशमन्त्री यीले पनि केही नेपाली प्रतिनिधिसँग गरेको एक अन्तरक्रियामा भ्रमणको सम्भावनाका बारेमा कुराकानी गरेको बताइएको थियो । 

विदेशमन्त्रीको भ्रमणयता राष्ट्रपति सीको नेपाल भ्रमणको चर्चा शिखरमा पुगेको छ । नेपाल सरकारले औपचारिक रुपमा घोषणा नगरे पनि विभिन्न सञ्चारमाध्यमहरूले सीको नेपाल भ्रमणको तिथिमिति नै सार्वजनिक गरिरहेका छन् । यति मात्र नभएर उनीनेपाल आएपछि के कस्ता सहयोग, सम्झौता एवम् विकास परियोजनाहरूमा हस्ताक्षर हुनेछ भन्ने बारेमा समेत सञ्चारमाध्यममा आइरहेको छ ।  

परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने औपचारिक जानकारी बारम्बार दिने गरेको छ । नेपालस्थित चिनियाँ दुतावासको धारणा पनि यस्तै आसयको आउने गर्दछ । तर नेपाल सरकारका अन्य अधिकारी, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता तथा मन्त्रीहरूका सार्वजनिक अभिव्यक्तिहरूले राष्ट्रपति सीको नेपाल भ्रमणको लगभग तयारी नै शुरू भएको जस्तो देखाउँछ । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भदौ अन्तिम साता काठमाडौँको टोखामा आयोजित एक कार्यक्रममा ‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ जोड्ने झोरदेखि जोरभञ्ज्याङ हुँदै नुवाकोट निस्किने सुरुङ मार्गसहितको सडक बनाउने विषयमा सहमति हुने’ बताएका थिए ।   

त्यसैगरी सोही भ्रमणकै क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको औपचारिक प्रक्रियाको श’रुआत ह’ने जानकारी पनि उनले दिए। उपप्रधानमन्त्रीको यो अभिव्यक्तिबाट भने राष्ट्रपति सी नेपाल आउने निश्चित भएको सजिलै बुझ्न सकिन्छ । चिनियाँ विदेशमन्त्री यीसँगको द्विपक्षीय वार्तापछि परराष्ट्रमन्त्री ज्ञवालीले पनि वार्ताका क्रममा ‘सीको नेपाल भ्रमणको विषयमा कुरा भएको’ बताएका थिए । उनले राष्ट्रपति सीको भ्रमण लगभग निश्चित भएको प्रतिक्रिया संवाददाताहरूलाई दिएका थिए ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्न लागेका हुन् । हाल देशमा भएको चर्चा र सरकारको तयारीबमोजिम उनको भ्रमण भयो भने निकै लामो समयपछि मात्र मित्रराष्ट्र चीनका राज्यप्रमुखको नेपाल भ्रमण हुनेछ । उनी २३ वर्ष यता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुनेछन्। 

आसन्न भ्रमण नेपालको लामो प्रतीक्षा भएकाले पनि सहयोग र सम्झौताका विभिन्न विषयमा आवश्यक छलफल, व्यापक चर्चा र तयारीहरू गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा आएदेखि नै नेपालमा चिनियाँ रेलको एजेन्डाको चर्चा थालेकाले पनि यो भ्रमणमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेबारेमा द’ई देशबीच सम्झौता हुनसक्ने अनुमान गरिएको छ । 

त्यस्तै केरुङ–काठमाडौँ सुरुङ मार्गसहितको सडक निर्माणका विषयमा पनि आवश्यक सहयोग सम्झौता हुन सक्ने अनुमान सर्वत्र गरिएको छ । केही वर्षअघि भारतले नेपालमा नाकाबन्दी लगाएदेखि नै आम नेपाली नागरिकले वैदेशिक बन्द व्यापार तथा आधारभूत आवश्यकताको आपूर्तिका लागि निकासको दोस्रो विकल्पको खोजी गरिरहेका छन् । दक्षिणतर्फ नेपालको सिमाना खुला र सहज छ । तर व्यवहारमा भने कहिलेकाहीँ जटिलता देखापर्ने गर्छ । जसका कारण आधारभूत आवश्यकताका लागि पनि दक्षिणतर्फ निर्भर रहनु परिरहेको वास्तविकताले हाम्रो अर्थतन्त्र मात्र नभएर नागरिकको जीवनलाई समेत प्रभावित पार्ने गरेको हुन्छ । 

तर हाम्रो उत्तरी भूगोलको जटिलताका कारण मित्रराष्ट्र चीनसँगको सम्बन्धलाई भौतिक रुपमा जोड्न सकिएको छैन । दक्षिणतर्फजस्तो सहज बनाउन सकिएको छैन । त्यसैले पनि राष्ट्रपति सीको नेपाल भ्रमणमा दुई देशबीचको कनेक्टिभिटीमा जोड दिइयोस् भन्ने माग सबै नेपालीको छ । नेपाली नागरिकले सबैभन्दा बढी इच्छ्याएको विषय पनि उत्तरी छिमेकीसँग भौतिक रुपमा जोडिन पाइयोस् भन्ने नै हो । 

दुई पक्षीय समझदारीमा द’वै देशले एकै पटक नै औपचारिक भ्रमणको मिति सार्वजनिक गर्ने कूटनीतिक परम्पराका कारण सीको भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन । तर पनि चिनियाँ विदेशमन्त्रीको हालैको औपचारिक भ्रमणका क्रममा सीको नेपाल भ्रमणलाई केन्द्रविन्दुमा राखेर छलफलहरू भएको बताइन्छ ।  

सीको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्झौता तथा समझदारीमा कोदारी राजमार्गको स्तरोन्नति, काठमाडौँको चक्रपथ विस्तार, मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण, किमाथाङ्का र तमोर जलविद्य’त् आयोजना निर्माण, किमाथाङका–जोगबनी राजमार्ग र कोरला भञ्ज्याङ मार्ग निर्माण आदि विषयहरू बढी चर्चामा छन् । तर यसको औपचारिक जानकारी भने नेपाल सरकारले सार्वजनिक रुपमा दिएको छैन । 

नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागका उपप्रमु विष्णु रिजालले आफू चिनियाँ राष्ट्रपति नेपाल आउनेमा पूर्णरुपमा आशावादी रहेको बताए। उनले कूटनीतिक तह र च्यानलहरूबाट भ्रमणका प्रक्रियाका बारेमा व्यापक तयारी भइरहेको र दुई देशका सरकारहरूले पनि आसन्न भ्रमणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सूचना आफूले पाएको बताए । 

नेपाल चीनबीचको सम्बन्ध विगतदेखि नै सौहार्द रहँदै आएको र नेपालले पनि चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको बताउँदै रिजालले नेपालमा जुनसुकै राजनीतिक दलको सरकार भए पनि एक चीन नीतिप्रति सधैँ अडिग रही आएकाले नेपालको यस नीतिको चीनले उच्च मूल्याङ्कन गर्ने गरेको प्रसङ्ग पनि उल्लेख गरे।  

उपप्रमुख रिजालले चीनजस्तो समृद्ध छिमेकका राष्ट्रपतिले यति लामो समयपछि नेपालको भ्रमण गर्नु हाम्रा लागि ठूलो महत्वको विषय हो भन्दै यस भ्रमणका क्रममा नेपालले कनेक्टिभिटीमा नै बढी प्राथमिकता दिनुपर्ने सुझाव दिए। 

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए । त्यसयता चिनियाँ राष्ट्रपति तहबाट नेपाल भ्रमण नभएकामा सीको भ्रमण हुन लागेको हो । त्यसैले पनि यो भ्रमणले बढी चासो र चर्चा जन्माउनु स्वाभाविकै हो ।  

राष्ट्रपति सीले सन् २०१६ मा नै नेपाल भ्रमण गर्ने तय भएको बताइएको थियो । तर सो भ्रमण अन्तिममा आएर रोकिएको थियो । त्यो समय बाङ्गलादेश हुँदै नेपाल आउने कार्यतालिका रहेको भनिए पनि पछि हुनसकेन ।  

त्यस यताका नेपालका सबै सरकारले चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने प्रयास गरे पनि सफल हुनसकेन । यस विषयमा नेपालको उच्च राजनीतिक तह र नेपाली सञ्चारले राख्ने गरेका जिज्ञासामा चीनको जवाफ ‘उपयुक्त समयमा नेपाल भ्रमण हुनेछ’ भन्ने मात्र रह्यो । तर अब भने यो औपचारिक जवाफभन्दा माथि उठेर दुई देशबीचको कूटनीतिक उचाइ ग्रहण गर्ने समय नजिकिएको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सी आधुनिक चीनको विकासमा देङ स्याओ पिङपछिको चर्चामा चिनिन्छन् । चीनको वर्तमान आर्थिक विकासको शिलान्यास देङको खुला चीन नीतिलाई मानिएजस्तै चीनलाई अहिले विश्वमा पुर्‍याउने काम सीको बिआरआईजस्तो बृहत् आयोजना र वर्तमान आर्थिक विकासलाई मान्ने गरिएको छ । यसरी पनि चीनको प्रभाव विश्वको नयाँ नयाँ भूगोलमा फैलिँदैछ । 

हालैका दिनमा चिनियाँ उच्चस्तरीय भ्रमण नेपालमा बाक्लिएको छ । विदेशमन्त्रीपछि चीनको विदेश विभागका प्रम’ख सङ ताओ यतिखेर नेपालमै छन् ।

उनको प्रतिनिधिमण्डल र नेकपाका नेताहरूबीच वैचारिक तथा द्विपक्षीय विविध विषयमा राजधानीमा छलफल हुँदैछ ।

यस कार्यक्रममा पनि राष्ट्रपति सीको आसन्न चीन भ्रमणका विषयमा छलफल हुने नै छ । यसै महीनाको अन्त्यतिर करीब दुई दिन हुने भनिएको आसन्न भ्रमणको तयारीमा दुवै देशका सरकार जुटेको देखिन्छ ।

नेपाली नागरिक चिनियाँ राष्ट्रपति सीलाई काठमाडौँमा स्वागत गर्न आतुर देखिन्छन् । एकराज पाठक, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x