निकै खतरनाक छ यो माछा, छोयो मात्र भने पनि गलाइदिन्छ छाला

असोज ६, २०७६

काठमाडौं – स्टोन फिश नामक एक माछा हेर्दाखेरी चट्टान जस्तो देखिन्छ र यसले टोक्यो वा छोयो मात्र भने पनि मानिसको शरीर गलेर जान सक्छ । 

संसारका सबभन्दा विषालु जीवमध्ये एक स्टोन फिश ट्रपिक अफ क्यान्सर नजिकको समुद्रमा पाइन्छ । चट्टान जस्तो देखिने भएकाले मानिसहरू यसलाई सजिलै देख्दैनन् । 


ADVERTISEMENT

स्टोन फिशले ०.५ सेकेन्डमा आफ्नो विष मानिसको शरीरमा पारिदिन्छ । त्यसैले यसलाई छुँदा मात्र पनि मानिस मर्न सक्छ । 

यसको विष निकै शक्तिशाली हुनाले कुनै शहरको पानी आपूर्ति केन्द्रमा एक थोपा मात्र हालियो भने पनि शहरका सबै मानिसको मृत्यु हुन सक्छ । 

स्टोन फिशको शरीर भित्रबाट निकै कमलो हुन्छ त बाहिरबाट निकै कडा हुन्छ । यसको शरीरबाट निस्कने घातक रसायन अत्यन्तै विषालु हुन्छ । विष शरीरमा पर्नेबित्तिकै छालामा प्रतिक्रिया हुन्छ अनि त्यो गल्न थाल्छ ।

एजेन्सी
 

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस