कतार एयरवेज र चाइना साउदर्न एयरलाइनबीच कोडशेयर सम्झौता

असोज ६, २०७६

कतार–कतार एयरवेजले चाइना साउदर्न एयरलाइनसँग जनवरी २०२० देखि शुरू हुने गरी कोडशेयर सम्झौता गरेको छ । 

यी दुई एयरलाइनबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो । कतार एयरवेजले गत डिसेम्बर २०१८ मा चाइना साउदर्न एयरलाइनको ५ प्रतिशत शेयर खरिद गरेको थियो ।  


ADVERTISEMENT

यस सम्झौता पश्चात् अब चाइना साउदर्न एयरलाइनका यात्रुहरुले ग्वाङ्जाओदेखि दोहा र दोहादेखि बेइजिङसम्मको कतार एयरवेजको उडानको बुकिङ गर्न सक्नेछन् ।

कतार एयरवेजले २००३ मा पहिलो पटक दोहादेखि शङ्घाईसम्मको उडानको सुरुवातबाट चाइनाको उडान सेवा गरेको थियो ।

हाल कतार एयरवेजले शङ्घाई, बेइजिङ, ग्वाङ्जाओ, हाङ्जाओ, चोङ्किङ, चेङ्डु र हङकङ गरी ४५ साप्ताहिक उडान सञ्चालन गर्दछ । 
 

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस