×

NMB BANK
NIC ASIA

प्रसिद्ध बेलायती टूर कम्पनी टमस कूक डुब्यो, कसरी आयो यो स्थिति ?

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायतीहरूलाई विदेशमा घुमाउने कम्पनी टमस कूक १७८ वर्षसम्म चलेपछि अहिले आएर बन्द भएको छ । यसले बैंकहरूबाट २८ अर्ब रुपैयाँ लिन नसकेपछि बन्द भएको हो । 

Muktinath Bank

तर यो टूर अपरेटरको समस्या त्यसभन्दा पनि अघिदेखिकै हो । सन् २००७ मा मर्जरमा गएदेखि यसको पतन शुरू भएको हो अनि ऋण बढ्दै गएपछि र होलिडे बूकिङमा इन्टरनेट क्रान्ति आएपछि त्यसको शिकार यो बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमाथि ब्रेक्जिटका कारण अनिश्चितताले गर्दा यो विशाल कम्पनी कुनै पनि बेलामा कोल्याप्स हुने स्थितिमा पुगेको थियो । 


Advertisment
Nabil box
Kumari

गत मे महिनामा कम्पनीले १.५ अर्ब पाउन्ड घाटा भएको बतायो अनि सन् २००७ मा माईट्राभलसँग मर्ज भएपछि अर्को १ अर्ब पाउन्ड घाटा लाग्यो । 

Vianet communication
Laxmi Bank

माईट्राभलसँग मिसिएपछि युरोपेली स्तरको ठूलो कम्पनी बनाउने लक्ष्य लिइएको थियो र साढे सात करोड पाउन्ड प्रतिवर्ष बचाउने अनि इन्टरनेट बूकिङका प्रतिस्पर्धीहरूलाई चुनौती दिने भनिएको थियो । तर वास्तविकता के हो भने टमस कूक विगत ६ वर्षमा एकपटक मात्र नाफा गरेको कम्पनीसँग मिसिन पुगेको थियो र यस सम्झौताका कारण ऊ विशाल ऋणको चक्करमा फस्यो ।

बेलायतीहरूले बिदा बस्न छोडेकाले टमस कूक कोल्याप्स भएको हैन । सन् २०१८ मा ६० प्रतिशत बेलायतीहरूले विदेशमा बिदा मनाएका थिए जुन अघिल्लो वर्षको ५७ प्रतिशतभन्दा माथि हो । तर अहिले बिदा मनाउने तरिकामा परिवर्तन आएको छ अनि समुद्री किनारमा छुट्टी मनाउनुको साटो शहरहरूमा घुम्ने प्रचलन बढेको छ । 

टमस कूक डुबेपछि रायनएयर, ईजीजेट र एयरबीएन्डबीलाई फाइदा भएको छ र उनीहरूका ग्राहक सबैले अन्लाइन बूकिङ गर्ने गरेका छन् । हाई स्ट्रीट चेनसँग जोडिएका प्याकेज होलिडे कम्पनीहरू चाहिँ घाटामा परेका छन् । टमस कूकसँग लगभग ५६० वटा हाई स्ट्रीट आउटलेटको स्वामित्व छ । 

अहिले सातमा एक बेलायती मात्र हाईस्ट्रीट ट्राभल एजेन्सीमा गएर छुट्टीको प्याकेज लिने गरेको ट्राभल एजेन्सी कारोबार संस्था अब्टाले जनाएको छ । ६५ वर्षमाथिका मानिस अनि कम पैसा खर्च गर्ने निम्न सामाजिक आर्थिक समूहका मानिसले मात्र त्यहाँ गएर टिकट लिने गरेका छन् । 

जलवायु संकटले पनि यसमा असर पारेको छ । युरोपभरि सन् २०१८ को मे महिनामा लू चलेपछि छुट्टीमा जाने मानिस घटे । ग्राहकहरूले बेलायतमै उच्च तापक्रम खप्दै छुट्टी लिने निर्णयमा ढिलाइ गरे । सन् २०१९ मा चाहिँ ब्रेक्जिटको अनिश्चितताका कारण बेलायती ग्राहकहरूले गर्मीमा यात्रा योजना स्थगित गरे । 

सन् २०११ मा टमस कूक झण्डै बन्द हुन लागेको थियो । उसको ऋण बढ्दै गएर १.१ अर्ब पाउन्ड पुगेको थियो र आकस्मिक रूपमा थप नगद प्रवाह गरिएपछि ऊ बौरिएको थियो तर यसले गर्दा उसले थप ऋणभार वहन गर्नुपरेको थियो । 

सन् २०११ देखि टमस कूकले १.२ अर्ब पाउन्ड ब्याज तिरेको छ जसको अर्थ हुन्छ उसले ग्राहकहरूबाट उठाएको रकम ऋणदाताहरूको खल्तीमा पुगेको छ । 

केही वर्षका लागि चिनियाँ समूह फोसुन इन्टरनेसनलले टमस कूकमा शेयर लियो अनि विश्वव्यापी छुट्टी र मनोरञ्जन कंग्लोमरेट (समूह) बनाउने योजना बनायो । उसले फ्रान्सको क्लब मेड र क्यानडाको सर्क डे सोलेल पनि किनिसकेको थियो । 

अगस्ट महिनामा टमस कूकले पुनःसंरचनाको विस्तृत विवरण प्रकाशित गर्‍यो जसमा फोसुनले बहुमत शेयरधनी बनाइने शर्तमा ४५० मिलियन पाउन्ड नगद दिने कुरा थियो । बैंकहरूले ऋणको १.७ अर्ब डलर पनि माफ गर्नुपर्ने थियो । अन्य शेयरधनीहरू चाहिँ पूरै हट्नुपर्ने भयो । 

यो सम्झौता टुटेपछि टमस कूक बन्द हुन लागेको हो । 

कम्पनीलाई राष्ट्रियकरण गरिनुपर्ने माग केही मानिसले राखेका छन् । तर सरकारले त्यसो गर्न मानेको छैन । यो निजी व्यवसायको समस्या भएको र ग्राहकहरूलाई एटोेल प्रोटेक्सन स्किम र बीमाले संरक्षण गर्ने सरकारको तर्क छ ।

टमस कूक बेलायती जीवनको अंग मानिएकाले दोस्रो विश्वयुद्धपछि दिवालिया भएपछि सन् १९४८ मा राष्ट्रियकरण गरिएको थियो । ब्रिटिश रेलवेजको एक अंगका रूपमा सन् १९७२ सम्म यो सार्वजनिक संस्था नै थियो । तर इन्टरनेट र बदलिँदो फेशनका कारण यो ध्वस्त भएको छ अनि ऋणको पहाडले थिचिएर पनि यसको पतनको बाटो खुलेको हो ।

द गार्डियनमा प्रकाशित प्याट्रिक कोलिनसनको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x