विक्रम भट्टको नयाँ हरर फिल्म गोस्टको ट्रेलर सार्वजनिक (भिडियो)

असोज ६, २०७६

काठमाडौं – हरर फिल्म बनाइरहने विक्रम भट्टको नयाँ फिल्म गोस्टको ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरले दर्शकलाई फरक दुनियाँमा लैजान कोशिश गरेको छ । त्यहाँ हरेक कुराको डर छ । 


ADVERTISEMENT

सोमवार ट्रेलर सार्वजनिक गर्दै भट्टले यो साँचो घटनामा आधारित भएको बताए । 

फिल्ममा करण खन्नामाथि पत्नीहत्याको आरोप छ तर उसको हत्या आत्माले गरेको करणको दाबी छ । एउटा शैतानले फिल्मभरि दर्शकलाई तर्साउने कोशिश गर्नेछ । 

विक्रमले भने, ‘शानदार सम्पादन र चुस्त पटकथाका कारण दर्शकहरू हलको सीटमा टाँसिएर बस्न बाध्य हुनेछन्  । हामीहरूले दर्शकलाई पूर्ण मनोरञ्जन दिन सक्ने अपेक्षा गरेका छौं ।’

एक पत्रिकामा आएको समाचारमा बेलायती अदालतले एक मुद्दामा आत्मालाई पुर्पक्षको अनुमति दिएपछि आफूलाई फिल्म बनाउने विचार फुरेको विक्रमको कथन छ ।

एजेन्सी

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस