स्मिताको नयाँ गीत 'कल्लाई थाहा छैन' रिलिज [भिडियो]

असोज ६, २०७६

काठमाडौं- गायिका स्मिता दाहालको नयाँ गीत 'कल्लाई थाहा छैन' सार्वजनिक भएको छ । 

अर्जुन पोखरेलको संगीत तथा यादव लम्सालले लेखेको गीतमा स्मिता र हिमाल सागरको स्वर रहेको छ । 


ADVERTISEMENT

नवराज उप्रेतीले खिचेको भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरेको अभिनय रहेको छ । 

भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । 

यसअघि दाहालको 'मायालु तिमी कता छौ' रिलिज भएको थियो । जसलाई एक करोडभन्दा बढी पटक हेरिएको छ । 

भिडियो हेर्नुहोस् : 

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस