चिनियाँ कम्युनिस्ट नेताहरूको टोलीले प्रधानमन्त्रीलाई भेट्यो, के भयो कुराकानी ?

असोज ६, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । 

भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा यहाँ आएको सो टोलीले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने जनाएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्स्त रहन आग्रह गर्दै आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट पनि पहल गरिने व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस