वैदेशिक रोजगार ठगी मुद्दामा जेल चलान

असोज ६, २०७६

काठमाडौँ - नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार व्यक्तिलाई जेल चलान गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार मुद्दामा ठगी गर्ने काठमाडौँ महानगरपालिका–१० बस्ने ४६ वर्षीय विमला थापालाई आइतबार वानेश्वरबाट पक्राउ गरी आज जेल चलान गरेको हो ।


ADVERTISEMENT

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वैदेशिक न्यायाधीकरणको २०७४ असार २६ को फैसलाअनुसार रु एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महिना कैद सजाय सुनाइएका थापालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी थापालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।

 

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस