अध्ययन भन्छ - प्रेमसम्बन्ध नबनाउने विद्यार्थीको परीक्षामा बढी नम्बर

असोज ११, २०७६

काठमाडौँ -केटासाथी या केटीसाथी नहुने विद्यार्थीहरूको मानसिक स्वास्थ्य राम्रो रहने र परीक्षामा बढी नम्बर आउने गरेको एक अनुसन्धानले खुलासा गरेको छ ।

जर्जिया विश्वविद्यालयका ६ सय विद्यार्थीमा गरिएको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो ।


ADVERTISEMENT

अनुसन्धानपछि प्राप्त रिपोर्टका अनुसार प्रेमसम्बन्धमा हुने किशोर किशोरीभन्दा प्रेम सम्बन्ध नहुने किशोर किशोरीहरूको मानसिक स्थिति राम्रो रहेको हुन्छ ।

उक्त रिपोर्टमा टिप्पणी गर्दै मनोविज्ञहरूले स्कूल पढ्ने किशोर किशोरीहरूलाई प्रेम सम्बन्ध बनाउन नदिन शिक्षक र अविभावकलाई प्रशिक्षण गर्नुपर्ने बताएका छन् ।

 

असोज ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस