संसद निलम्बनबारे बेलायती सर्वोच्च अदालतले मङ्गलबार निर्णय गर्ने

असोज ६, २०७६

लण्डन-बेलायतको सर्वोच्च अदालतले संसद निलम्वनसम्बन्धी मुद्दामा मङ्गलबार निर्णय गर्ने भएको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले गरेको निलम्बनसम्वन्धी निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा केही दिन पहिले मुद्दा दर्ता भएको थियो ।


ADVERTISEMENT

युरोपेली संघबाट बेलायतलाई बहिर्गमन गराउने विषयलाई आफ्नो अनुकुल वातावरण बनाउन प्रधानमन्त्री जोनसनले संसद निलम्बन गर्नुभएको थियो । 

गत हप्ता अदालतमा तीन दिनसम्म भएको बहसपछि अदालतले मङ्गलबार निर्णय सुनाउने भएको हो । कुल ११ मध्ये सात जना न्यायाधीशहरूको इजलाशले यस बारेमा निर्णय गर्न लागेको एक जना प्रवक्ताले जानकारी दिएका छन् । 

बेलायतको प्रधानमन्त्रीका रूपमा गत जुलाईमा मात्रै जोनसनले पदबहाली गर्नुभएको हो । जिम्मेवारी लिएको छोटो अवधिमै उहाँ संकटमा पर्नुभएको विश्लेषण गरिएको छ । संसद निलम्बन गर्ने निर्णयले उहाँलाई थप संकटमा पारेको बेलायती संचार माध्यमहरूले लेखेका छन् ।

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस