×

NMB BANK
NIC ASIA

‘शी–विचारधारा’ पढेपछि के भने नेकपाका नेताले ?

असोज ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संघीय राजधानीमा जारी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको अन्तर्क्रियात्मक कार्यक्रम एकपक्षीय भएको आरोप लागेको छ ।

Muktinath Bank

अन्तर्क्रिया कार्यक्रममा सहभागी नेकपाका नेताले नै कार्यक्रम एकपक्षीय रहेको आरोप लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीपीसी विदेश विभाग प्रमुख सङ ताओको नेतृत्वमा आएको टोलीले नेकपाका नेतालाई आफ्नो पार्टीगत संरचना, शी–विचारधारा, गरीबी उन्मूलनका विषयलाई आधार बनाएर एकपक्षीय प्रशिक्षण दिएका छन् ।


Advertisment
Nabil box
Kumari

मार्क्सवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकार गरेका विश्वभरका कम्युनिस्ट पार्टीबीच हुने छलफल, अन्तर्क्रिया स्वाभाविक र सामान्य भएपनि अहिलेको अन्तर्क्रिया आफूलाई प्रशिक्षण जस्तै लागेको एक नेताले बताए ।

Vianet communication
Laxmi Bank

‘यो कार्यक्रम मूलतः उनीहरूले हामीलाई जे–जे देखाउन चाहन्थे, जे–जे भन्न चाहन्थे त्यसैमा केन्द्रित रहेर आयोजना गरिएको कार्यक्रम हो जस्तो लाग्यो,’ नेकपाका एक केन्द्रीय कमिटी सदस्यले लोकान्तरसँग भने, ‘हामीले पनि ऐतिहासिक पार्टी एकता गरेका छौं, उनीहरूले हामीबाट सिक्नुपर्ने कुरा पनि धेरै थिए । हाम्रो तर्फबाट पनि केही प्रस्तुती हुनु आवश्यक थियो । त्यसैको अभावमा यो कार्यक्रम एकपक्षीय जस्तै देखिएको छ ।’

चिनियाँ टोलीले अन्तर्क्रियामा ४ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकोमा मंगलवार बिहानसम्म २ वटा प्रस्तुत गरिसकेका छन् । तीमध्ये २ वटा कार्यपत्र बीआरआई (बेल्ट एण्ड रोड इनिसियटिभ) बारे हुनेछन् । ‘बीआरआईसम्बन्धी कार्यपत्र दिउँसो २ बजेबाट शुरू हुने अर्को चरणको अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत हुनेछन्,’ सहभागी एक नेताले भने ।

कार्यक्रम एकपक्षीय देखिएपनि यसलाई सकारात्मक रूपमा लिनुपर्ने कतिपय नेताको जिकिर छ । लोकान्तरसँग कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले भने, ‘हामीले भारतीय कम्युनिस्ट नेतासँग पनि यस्तै अन्तर्क्रिया कार्यक्रम गर्ने गरेका छौं । अहिले चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग गरेका छौं । उहाँहरू यहाँ आएपछि त्यहाँ कस्तो छ भनेर हामीले सोध्ने कुरा त रहिहाल्यो नि !’

‘शी–विचारधारा’ अँगाल्ने हल्ला चलिरहेकोमा पन्तले आपत्ति जनाए । ‘संसारभरका कम्युनिस्ट पार्टीहरूले आफ्नो मार्गनिर्देशक सिद्धान्तका रूपमा मार्क्सवाद अँगालेका छन्, विचारको सामिप्यता एउटा कुरा रहिहाल्यो,’ नेता पन्तले भने, ‘तर हामीले मार्क्सवाद पनि यहाँको मौलिक चरित्र अनुसार लागू गरेका छौं, चीनमा पनि मौलिक चरित्रमै आधारित रहेर मार्क्सवाद लागू गरिएको छ । यसकारणले कुनै देशको विचारधारा टपक्क टिपेर ल्याउने कुरा सान्दर्भिक छैन ।’

कार्यक्रममा भेटिएका अर्का नेता हरिबोल गजुरेलले यस्ता कार्यक्रमले दुवै देशका पार्टीबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताए । ‘निकट भविष्यमै चिनियाँ राष्ट्रपतिको भ्रमण हुने भनिएको छ, त्यसको तयारीका रूपमा पनि यसलाई बुझ्न उपयुक्त हुन्छ,’ गजुरेलले भने, ‘हामीले चीनमा लागू गरिएका सिद्धान्त, विचारधाराको अध्ययन गर्न मज्जाले हुन्छ तर अहिले जसरी त्यसैलाई अंगीकार गर्ने स्तरमै पुगिसकेको भन्दै हल्ला भइरहेको छ, त्यो गलत हल्ला हो ।’ 

सीपीसीले नेकपाबाट पनि सिक्नुपर्ने कुरा धेरै रहेको गजुरेलले बताए । ‘हामी पनि विश्वकै ठूला मध्येका एक कम्युनिस्ट पार्टी हौं, डेढ वर्षअघि एकता गरेका छौं, देशको शासन सत्ता सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘कतिपय लोकतान्त्रिक विषयवस्तु नेपालबाट उहाँहरूले सिक्नुपर्छ । हामी खुला प्रतिस्पर्धाबाट सत्तामा पुगेका छौं भने उहाँहरू पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट सत्ता चलाइरहनु भएको छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणाली निकै व्यवस्थित रहेको र नेकपाले सिक्नुपर्ने धेरै कुरा रहेको नेता देवेन्द्र पौडेलको स्वीकारोक्ति छ । ‘चिनियाँ कम्युनिस्ट पार्टी, त्यहाँको संगठनात्मक प्रणाली र त्यहाँका पार्टी सदस्यले पालना गर्नुपर्ने अनुशासनबारे हामीले धेरै कुरा बुझ्यौं,’ उनले भने, ‘सरकार र पार्टीको सम्बन्ध सुन्दा निकै रोचक लाग्यो ।’

त्यहाँको पार्टीको संगठनात्मक व्यवस्था हेर्दा नेकपाको संरचना निकै कमजोर र फितलो लागेको पौडेलले बताए । ‘हामी निकै फितलो जस्तो देखिन्छौं । हामीले सुधार गर्नुपर्ने धेरै कुरा रहेछन् भन्ने हामीलाई महसूस भएको छ,’ उनले भने ।

नेकपाका केन्द्रीय कमिटी सदस्य लेखनाथ न्यौपाने पनि अन्तर्क्रिया कार्यक्रममा आफूहरूले उताबाट सिक्नुपर्ने कुरा धेरै रहेको भएपनि विचारधारा नै लागू गर्ने तहमा जानु असान्दर्भिक रहेको बताए ।

‘शी–विचारधाराका बारेमा बुझ्ने मौका पाइयो,’ न्यौपानेले भने, ‘हाम्रो मौलिक चरित्रअनुसार कुन विचारधारा कसरी लागू गर्नुपर्छ भन्ने हामीले नै निर्णय गर्ने कुरा हो । चीनका बारेमा हामीले धेरै कुरा अध्ययन अनुसन्धान गर्न आवश्यक छ । अहिले नै यो वा त्यो विचारधारा भन्दै हिँड्नु अव्यावहारिक कुरा हो ।’

हेर्नुहोस् भिडियो - 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x