फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
विश्वमा हाम्रो जस्तो प्रकृतिले दिएको अद्भूत, अनुपम र मनोरम पर्वत शृंखलाको बरदान अन्यत्र कतै पाइँदैन । विश्वका १० वटा यस्ता उच्चतम् पर्वत शिखरमध्ये विश्वकै सर्वोच्च सगरमाथा लगायत ८ वटा उच्च शिखर नेपालमै रहेका छन् ।
हिमच्छादित यी पर्वत शिखर केवल मनोरम उच्च शिखर भएकाले पर्यटनको हिसाबले मात्रै सामान्य चर्चामा रहेको जस्तो लाग्छ तर ती सुन्दर र उच्च देखिने शीखर यतिमै मात्र सीमित छैनन् ।
बरु अझ महत्त्वपूर्ण कुरा त त्योभन्दा गम्भीर र अत्यन्तै सोचनीय पनि छ । जुन कुरा हाम्रो देश र यहाँको जनजीवनसँग अभिन्न रुपले गाँसिएको छ र हामी र हाम्रो प्रकृतिको अस्तित्वसँगै जोडिएको छ ।
अहिले हामी पर्यटन वर्ष २०२० को संघारमा छौं । यो पर्यटन वर्षको सफलता मूलतः हाम्रा यी प्रकृतिका मनोरम हिम पर्वत शृंखलासँग सबैभन्दा बढी भर पर्दछ । किनभने नेपालको चूनौतिपूर्ण पर्वत शृंखलाको यो मनोरम र साहसिलो पर्वत आरोहण गर्न र सुन्दरतामा रम्न नै मूलत पर्यटक आउने गर्दछन् तर यी हाम्रा पर्वत शृंखला केवल पर्वतारोहणका लागि मात्र सीमित छैनन् । तिनको हाम्रो लागि र खासगरी अझ बढी यो क्षेत्र वरिपरिका १८ देशका लागि समेत जनजीवनसँग अभिन्न रुपले गाँसिएको महत्त्वपूर्ण सम्बन्ध छ ।
पहिलो कुरा त यस क्षेत्रको भूगोलको आकार आफैंमा नै अत्यन्तै महत्त्वपूर्ण र अद्भूत छ । यसले गर्दा यस क्षेत्रका हरेक ठाउँलाई उच्चतम् सम्मान स्वरुप ‘देवता’कै निवास भनेर जनजीवनले मान्दै आएको छ । हुन पनि सूर्यको तापक्रमले बंगालको खाडी र अरब सागरबाट जुन वर्षादी बादल आकाशमा उठ्ने गर्दछन् । त्यसबाट आउने मनसुनी वर्षाको कारण यहीँ हिमालय पर्वत शृंखला हो ।
वास्तवमा भन्ने हो भने हाम्रो वार्षिक वर्षा हिमालयको ऋणी छ भने पनि कुनै अत्युक्ति हुँदैन । अनि हिमालयकै कारण नेपालमा अन्यत्र जस्तो शीतलहर पनि आउन पाउँदैन । हिमालयले गर्दा नै हाम्रो देशले मरुभूमिको समस्या पनि व्यहोर्नुपरेको छैन । यदि यो हिमालय यहाँ हुँदैनथ्यो भने हाम्रो प्राकृतिक स्थिति के कस्तो भयावह हुने थियो त्यसको कल्पना मात्र गर्न सकिन्छ । त्यसैले हाम्रो हिमालय केवल विश्वका सर्वोच्च पर्वत शृंखला भएर मात्र होइन, हाम्रो एउटा प्राकृतिक सुरक्षा कबज भएर पनि हाम्रो उत्तरमा उभिएको छ ।
अनि हाम्रा ठूला कर्णाली, गण्डकी, कोशी जस्ता नदी नालाको शीर पनि हिमालयसँगै गाँसिएको छ भने अरु तीभन्दा साना नदीनाला पनि वास्तवमा उत्तरमा यो हिमालय शृंखला भएकैले निःसृत भएर बगेका हुन् भन्ने कुरा बुझ्न सकिन्छ । अनि हिमालयका हिमतालको महत्त्व पनि त्यत्तिकै छ । यसरी हामीले मानिसको बसोबास, कृषि तथा वनस्पतिको उत्पादन र जीवजन्तुको प्राकृतिक घरको सुरक्षा र संरक्षण पनि यही हिमाली पर्वतका टाकुराकै कारण हुन पुगिरहेको कुरा बिर्सन बिल्कुलै मिल्दैन ।
अर्कोतिर खेतीका लागि उर्बरा माटोको स्रोत पनि यही हिमालय पर्वत माला बनेको छ । हाम्रो खेतीपाती, वनस्पति लहलहाउने एउटा प्रमुख र महत्त्वपूर्ण माटोको स्रोत पनि यही पर्वत माला नै बन्न पुगेको विज्ञले बताइरहेका छन् । भनिन्छ प्रत्येक वर्ष विभिन्न खनिजयुक्त १ हजार ९२० लाख टन जति उत्पादनशील माटो यही हिमालयबाट नेपालको बढीजसो भागमा र भारतमा समेत प्रबिष्ट गर्ने गर्दछ । त्यसै माटोमा खडा भएर हाम्रा बालीनाली लहलहाउने गरेका छन् । त्यसैले एकदमै प्रस्ट छ हिमालय हाम्रो मनोरम भौगोलिक भूभाग भएकाले हामीलाई प्रफूल्ल तुल्याउने दृश्यावली प्रदान गर्ने साधन मात्रै होइन, हाम्रो खाद्यान्न लगायतका कृषि तथा वनोपजलाई सुनिश्चितता प्रदान गर्ने र हाम्रो खाद्य सुरक्षालाई सुनिश्चितता दिने आधारभूत माध्यम पनि हो । यसरी एकदमै प्रस्ट छ कि यो हिमालयको कति ठूलो महत्त्व छ । संक्षेपमा मात्रै त्यसले दिने उपकारको गणना र वर्णन गर्ने हो भने पनि एउटा ठूलै ग्रन्थ बन्न सक्छ ।
तर यति ठूलो महत्त्वको हाम्रो देशको गौरव र गरिमालाई उच्च उठाउने यो हाम्रो हिमाली शृंखलालाई हामीले उचित संरक्षण र सम्वद्र्धन गर्न यथेष्ठ ध्यान दिन सकिरहेका छैनौं । हुन पनि हिमालयलाई हामीले सामान्यरुपमा पर्वतारोही पर्यटकलाई देखाएर आम्दानी गर्ने स्रोत (सेतो डलर)को रुपमा मात्र हेर्ने गरेका त छौं तर त्यसका लागि पनि हिमालय क्षेत्रप्रति राष्ट्रिय योजनाको बृहत् प्रसङ्गमा कुनै छलफल, चिन्ता र चासो हालसम्म गम्भीररुपमा लिने गरेको पाइँदैन । यो प्रकृतिको अनुपम बरदानलाई कसरी संरक्षण गर्ने र यसको सदुपयोग सही किसिमले कसरी गर्ने भन्नेबारे आज अझ बढी व्यापकरुपमा राष्ट्रिय स्तरमा गम्भीर छलफल चलाउनु अत्यावश्यक देखिन्छ । यसबाट एउटा हिमालय ‘मिसन’ नै लिएर अघि बढ्नुपर्ने ज्वलन्त आवश्यकता रहेको विज्ञ बताउँछन् ।
खासगरी हिमालय क्षेत्रको पर्यावरण जोगाउन, वातावरणलाई सन्तुलित राख्न, बाढीपहिरो र सुख्खाबाट बच्न र तिनबाट कम क्षति मात्र पुग्ने स्थिति सिर्जना गर्नका निमित्त पनि ‘हिमालय मिसन’को बहुआयामिक प्रश्न हाम्रा अगाडि उपस्थित छ । किनकि ती हिमाली हिमनदी, हिमताल र हिमालय निःसृत हाम्रा नदीनालामा अवाञ्छित हस्तक्षेपकै कारण अप्रत्याशित प्राकृतिक विपत्ति आउने गरेको कुरा पनि अध्ययनकर्ताले औंल्याउने गरेका छन् ।
हालसम्म हामीले हाम्रो जल संसाधनको पनि राष्ट्रिय हितमा उचित सदुपयोग गर्न सकेका र सिकेका छैनौं भने यी हिम शृंखलाबाट भएर बगेका नदीको पानीबाट प्राप्त गर्न सकिने ऊर्जा (विद्युत्), सिँचाइ आदि ऊर्जालाई पनि उत्पादनसँग जोड्ने नाममा जे–जे गर्दै आएका छौं । त्यसले गर्दा नै हिमालयदेखि बंगालको खाडीसम्म मनसुन बाढी र खडेरीको प्रकोपले ठूलो नोक्सानी गरिरहेको छ । त्यसैले जीवनदायिनी हिमालय क्षेत्रलाई प्रकृति र मानव–मैत्री किसिमले सदुपयोग र सुसञ्चालन गर्न सिक्नु र सक्नुपर्ने आवश्यकता पहिले कहिल्यैभन्दा बढी आज छ । किनभने आज विश्व नै जलवायु परिवर्तनको जुन समस्याले आक्रान्त छ । त्यसबाट जोगिन र प्रकृतिलाई सन्तुलित राख्न पनि हामीले यस सम्बन्धी विशेष योजना बनाएरै लाग्नुपर्ने स्थिति टड्कारो बनेको प्रतित हुन्छ ।
हालसम्म हिमालको उचाइ र पर्वतारोहणको रुपमा मात्र हामीले हिमालयलाई बुझ्ने र बुझाउने अल्पज्ञान मात्र लिन सक्यौं र अल्प अल्प सिक्यौं । हिमालयको पर्यावरणीय विज्ञानलाई बहुआयामिक किसिमले विशेष ध्यान दिन सकेनौं । यो हाम्रो अत्यन्तै ठूलो भूल र कमजोरी हो । अनि त्यसैले हामी अप्राकृतिक वर्षा, बाढी वा खडेरी झेल्न बर्सेनि बाध्य हुँदै गइरहेका छौं । अतः अब समय घर्किन नदिइकन हामीले हिमालयको महत्वलाई बुझौं । नभए यो अद्भूत पर्वत माला जुन हाम्रो देश र यस क्षेत्रकै देशका लागि ठूलो महत्त्वको प्राकृतिक बरदान बनेर रहेको छ, हाम्रै कारणले अर्थात् मानवीय कारणले त्यसले हाम्रो साथ छोड्ने स्थिति विकसित हुन्छ र भइरहेको छ ।
हुन पनि आज विश्वभर नै मानिसको जिद्दी र हठीपनाले जस्तो किसिमको प्रकृति–अमैत्री विकास शैली अपनाइएको छ, त्यसले गर्दा यो बरदानलाई ठूलो प्राकृतिक सम्पदाको रुपमा ग्रहण गर्न र त्यसको सही किसिमले संरक्षण गर्न सकिरहेको छैन । यो क्षेत्रका मानिस, पशुपन्छी र वनस्पतिका लागि पानी, माटो र हावाको व्यवस्था यो हिमालय पर्वतले नै गर्छ र यो हाम्रो जीवन र अस्मितासँग अभिन्न किसिमले गाँसिएको अत्यन्तै महत्त्वपूर्ण प्राकृतिक बरदान हो भन्ने कुरा राम्रोसँग मनन गरेर यसको संरक्षण गर्ने विशेष अल्पकालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्नु आजको टड्कारो राष्ट्रिय आवश्यकता बनेको छ ।
मानिसले गर्न सक्ने र अनिवार्यरुपमा गर्नुपर्ने अंशको यो काम सही ढंगले नगर्ने हो भने यो बरदान विनाशको कारक बन्ने कुरा निश्चित छ । अनि अविरल जलस्रोत, खनिज र माटोको यो अत्यन्तै ठूलो महत्त्वको स्रोत पाएर पनि हामी गरीबीकै दुश्चक्रमा परिरहने कुरा पनि आजसम्मको अनुभवले प्रस्टै पारेको छ । यसलाई पर्यटन, पर्यावरण र प्रकृतिको अमूल्य बरदानको रुपमा हेरेर र लिएर अघि बढ्न बिलम्ब भइसकेको छ । आउँदै गरेको २०२० लाई पर्यटन वर्षको रुपमा हिमालय शृंखलाको अनुपम विषयमा विशेष ध्यान दिइयो भने मात्र यसको सार्थकता हुनेछ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...