मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
असोज ८, २०७६
काठमाडौं– आइतबार पानस रेमिटमा स्मिता धितालको नाममा कास्की, रुपन्देही, सुर्खेत, चितवन लगायतका ठाउँबाट ६० हजारका दरले पैसा आयो । तर, पैसा झिक्न भने छुट्टाछुट्टै ६ जना व्यक्ति बानेश्वरस्थित पानस रेमिटको शाखामा आए ।
पैसा निकाल्न आउनेको परिचय पत्र भने एउटै देखियो । त्यसपछि पानस रेमिटका कर्मचारीलाई शंका लाग्यो र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहकूल थापालाई फोन गरे ।
त्यसपछि प्रहरी टोली खटियो । सञ्जय घले, लक्ष्मी लामा तामाङ, निमा तामाङ लगायत ४ जना तत्काल पक्राउ परे । अन्य २ जना पैसा झिकेर भागिसकेका रहेछन् ।
पैसा झिक्न जाने लक्ष्मी लामा तामाङ सञ्जय घलेको माइजू, निर्मला तामाङ बहिनी अर्थात् लक्ष्मीको छोरी र निमा तामाङ लक्ष्मीका छोरा रहेको अनुसन्धानमा खुल्न आयो ।
प्रहरीले उनीहरूलाई केरकार गर्न थाल्यो । आफूहरूलाई लवाङ तमाङले पैसा लिन पठाएको बयान दिए ।
महाशाखाको टोली लवाङलाई पक्राउ गर्न तत्काल खटियो । मध्यराति १२ बजे उनी काठमाडौंबाट पक्राउ परे ।
पक्राउ परेपछि पैसा कसरी आयो भनेर प्रहरीले सोध्यो । जवाफ आयो, ‘मैले कृषि विकास बैंकबाट झिकेको हुँ, अरू ३१ लाख रुपैयाँ पनि पुष्पराज खड्कालाई राख्न दिएको छु ।’
मास्टर माइन्ड नै लवाङ भएको भन्ने प्रहरीको प्रारम्भिक अनुमानले त्यतिबेला फेल खायो । अनुसन्धान पुष्पतर्फ मोडियो ।
एसएसपी थापाले भने, ‘६ जनाले निकालेको ६० हजारका दरले २ लाख ४० हजार मात्र लवाङले दिएको भए हाम्रो अनुसन्धन यहीँनेर सकिने थियो, तर उसले हडबडमा पुष्पराजलाई ३१ लाख राख्न दिएको भनेपछि हामीलाई शंका उब्जियो ।’
अब ३१ लाख कसरी उसको खातामा आयो प्रहरीको शंकाको दायरा झन फराकिलो भयो । त्यसपछि प्रहरी उनको पैसाको रहस्य खोल्नतर्फ लाग्यो ।
‘कृषि विकास बैंकमा कसले पैसा पठायो ?’ प्रहरीले लवाङलाई प्रश्न गर्यो ।
लवाङले जवाफ दिए, ‘एकजना काले भन्ने मान्छेले पठाएको इन्डियन मान्छे छ, त्यसलाई नेपाली भाषा पनि आउँछ, हिन्दी भाषा पनि आउँछ, काठमाडौंका विभिन्न ठाउँमा काम गरेको बताउँथ्यो, मलाई एडीबीएल (कृषि विकास बैंक) मा करेन्ट (चल्ती) खाता खोल भनेको थियो ।’
लवाङको खाता एडिबिएलमा पहिलेबाट नै थियो । उनले काठमाडौंमा जडिबुटीको व्यापार गर्दै आएका थिए ।
लवाङले काले भन्ने व्यक्तिसँग वी च्याटमा कुरा गर्ने गरेको खुल्यो ।
‘तेरो खाता नम्बर मलाई दे, तेरो खातामा ५० लाख डिपोजिट गरिदिन्छु, १० प्रतिशत तँ राख, अरू मलाई भारतमा पठाइदे,’ वी च्याटमा भएको कुराकानी उद्धृत गर्दै प्रहरीले भन्यो ।
‘तैंले राम्रो काम गर्दै जा, यो खातामा ५० मिलियन डलर (नेपाली ५ अर्ब)सम्मको कारोबार पठाइदिन्छु,’ समेत भनेको अनुसन्धानका क्रममा पत्ता लाग्यो ।
लवाङले हुण्डीबाट काले भन्ने व्यक्तिलाई पैसा पठाउने गरेको पनि प्रहरीले पत्ता लगायो ।
अनुसन्धान बढ्दै गर्दा प्रहरीले भारतको कोलकाता स्थायी ठेगाना भएर टेबाहल बसी सुन्धारामा सुन पसल चलाउँदै आएका सुवंकर पञ्जालाई पक्राउ गर्यो ।
त्यसपछि प्रहरी कृषि विकास बैंकमा त्यो पैसा कहाँबाट आएको रहेछ भन्ने विषयमा बुझ्न गयो । प्रहरीले तपाईंहरूको सिस्टम ह्याक भएको छ भन्ने कुरा जानाकारी गरायो, तर बैंकका प्रतिनिधिले विश्वास गरेनन् ।
त्यो दिन त्यत्तिकै फर्किएको प्रहरी दोस्रो दिन पनि गयो । बल्ल सिरियस भएको बैंक प्रशासनले सिस्टम चेक गराउँदा ह्याक भएको तथ्य खुल्यो ।
कृषि विकास बैंक लहान शाखाबाट १२ जना व्यक्तिको खातामा ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ट्रान्सफर भएको देखियो ।
पैसा सौराहाको युजर आईडी र लहानको कम्प्युटर प्रयोग गरी नुवाकोट शाखामा ट्रान्सफर भएको देखियो ।
१५ लाख रुपैयाँ कैलाश विकास बैंकको मकवानपुरस्थित पालुङ शाखामा समेत ट्रान्सफर भएको देखिएको एसएसपी सहकूल थापाले जानकारी दिए ।
पानस रेमिटको सिस्टम ह्याक
पानस रेमिटको बानेश्वर शाखामा देशको विभन्न २० ठाउँबाट विभिन्न व्यक्तिको नाममा रकम आएको देखिएको छ । तर त्यो पैसा कुनै व्यक्तिले पठाएको भने होइन ।
एसएसपी थापाले भने– ‘पानस रेमिटमा पैसा लिन दिएर पठाएको कोड पनि ह्याक गरी जेनेरेट भएको देखिन्छ ।’
‘ह्याकरले पानस रेमिटको सिस्टममा ह्याक गरेर २० वटा कोड जेनरेट गरी लावाङलाई दिएको देखिएको छ,’ एसएसपी थापाले थपे ।
स्मिता धितालको नाममा रहेको कोड लवाङले चितवन, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, धनगढी, हेटौंडा लगायतका ठाउँमा पठाएको देखिन्छ ।
ती सबै पिन र पठाउनेको नाम सबै फेक भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
लहानशाखाका कर्मचारी निलम्बित
सिस्टम ह्याक भएपछि लहानशाखाका ५ जना कर्मचारीलाई कृषि विकास बैंले निलम्बन गरेको आन्तरिक कन्ट्रोल प्रमुख तथा मानव संसाधन विभागका प्रमुख दीर्घप्रसाद अर्यालले बताए ।
‘ह्याक भएको थाहा पाएपछि अनुसन्धानका लागि एउटा समिति बनाएका छौं । लहान शाखाका ५ कर्मचारीलाई निलम्बन पनि गरेका छौं,’ उनले भने ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...