शाकाहारीहरूका लागि प्रोटीनले भरपूर हुन्छ तोफु

असोज २०, २०७६

संसारमा अनेकथरीका खाना पाइन्छन् । शाकाहारी खानामा प्रोटीनको समस्या हुन्छ तर तोफुमा प्रचुर प्रोटीन हुन्छ । पनीरजस्तो देखिने तोफुले शरीरमा क्याल्सियम र प्रोटीनको मात्रा सन्तुलनमा राख्छ । 

बच्चा, वृद्ध र गर्भवती महिलाहरूका लागि तोफु सेवन लाभदायक हुन्छ । यसलाई तरकारी, कटलेट र पुलाउ आदि बनाउनका लागि प्रयोग गर्न सकिन्छ । यसले शरीरमा मांसाहारबाट पाइने पोषक तत्त्वको कमीलाई पूरा गर्छ । तोफु खानुका फाइदा जानिराख्नुस् । 


ADVERTISEMENT

तोफुले शरीरमा प्रोटीनका साथसाथै आइरन, पोटेसियम, सेलेनियम, जिंक र मिनरलको कमी पूरा गर्छ । एक कप तोफुको सेवनले शरीरमा २० ग्राम प्रोटीनको कमी पूरा गर्छ । यसबाहेक तोफुले शरीरलाई लगभग १७० क्यालोरी ऊर्जा दिन्छ । 

अण्डा, मासु, माछाको साटो तपाईं तोफुलाई आहारमा संलग्न गर्न सक्नुहुन्छ । मांसाहारी भोजनमा पाइने सबै गुण तोफुमा पाइन्छ । यसमा भएको अमिनो एसिड र आइसोफ्लेभोनिसले मांसपेशीको तीव्र विकास गर्न सहायता गर्छ ।

तोफु खाँदा शरीरमा क्यालोरी र कोलेस्ट्रोल बढ्नबाट रोक्छ । तपाईंले यसलाई काँचै पनि खान सक्नुहुन्छ । 

दिनदिनै काँचो तोफु खाँदा हाड बलियो हुन्छ । यसलाई बनाउनका लागि प्रयोग हुने सोया मिल्कले मांसपेशीलाई बलियो बनाउँछ । यसमा भएको क्याल्सियम, प्रोटीन, ओमेगा थ्री फ्याट्टी एसिड र मिनरलले सानोतिनो रोगबाट पनि बचाउँछ । 
 

असोज २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस