यामाहाको एक्सेञ्ज एण्ड अपग्रेड योजना सार्वजनिक

असोज ९, २०७६

काठमाडौं–यामाहाको नेपाल स्थित एकमात्र आधिकारिक वितरक मोरँग अटो वक्र्सले महान चाड बडा दशैंको चहलपहल शुरू भएसँगैं यामाहाको एक नयाँ योजना एक्सेञ्ज एण्ड अपग्रेड योजना शुरू गरेको छ । 

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिनेछ र यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुनेछ । 


ADVERTISEMENT

देशभर छरिएर रहेका सबै यामाहा शोरुमहरुमा यो योजना यही असोज ६ गतेदेखि प्रारम्भ भई असोज १३ गतेसम्म लागू गरिएको  कम्पनीले जनाएको छ । 

'दशैं हाम्रो घर आँगनमै आइसकेको छ र दशैं एक पर्वमात्र नभई आफ्नो जीवनस्तर बदल्ने अवसर पनि हो । यसैले हामीले सबै बाइकप्रेमीहरुलाई उहाँहरुको जीवनस्तर बदल्ने चाहनामा साथ दिन यो योजना अघि सारेका हौं । हामीलाई विश्वास छ स्टाइलिस, माइलेजको गुरु, मजबुत एवं हर तरहको लागि उपयुक्त यामाहासँग जोडिन आतुर आजका युवाहरुलाई यस योजनाले ऊर्जा प्रदान गर्नेछ', योजनाका सम्बन्धमा प्रकाश पार्दै एमएडब्लुका बजार व्यवस्थापक श्री बिक्रम शर्मा पौडेलले भने  ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना एक यस्तो स्वर्णिम योजना हो, जसमा पुराना जुनै ब्राण्डका टू–ह्वीलरहरुको न्यूनतम मुल्याँकन नै ३० हजार रुपैयाँभन्दा कम हुने छैन साथै प्रचलित बजार मुल्यभन्दा १५ हजार रुपैयाँ थप गरेर मुल्याँकन गरिनेछ । 

यतिमात्र नभई यामाहा बाइक खरीदमा ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद छुट, सामानहरु सित्तैंमा तथा शोरुम मै फाइनान्स सुविधा समेत प्रदान गरिनेछ । 

युवाहरुमा यामाहा रोडिज सिजन ३ को ज्वरो चढिरहेको समयमा यामाहाको यो योजनाले युवाहरुलाई अझ तताउने विश्वास कम्पनीले गरेको छ ।
 

असोज ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस