×

NMB BANK
NIC ASIA

खुलेआम ठगी

दरबारमार्गमा ‘दादागिरी’ : सरकारी अनुगमनलाई असहयोग गर्नेमाथि कारवाही !

असोज १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – २ वर्षअघि सरकारी टोलीले अनुगमन गर्दा दरबारमार्गका व्यापारीले ठगी गरिरहेको देखियो ।

Muktinath Bank

तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वको अनुगमन टोली दरबारमार्ग पुग्दा व्यापारीले उपभोक्ताबाट चर्को मूल्य लिइरहेको पाइयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्रेता पसल नाइक, बेन्ट्ले, स्टोरवन र पुमाले उपभोक्ताबाट चर्को मूल्य लिइरहेका थिए । चाडपर्वको सेलमा ५० प्रतिशत छूट अफर भनिएपनि खरिद मूल्यभन्दा कयौं गुणा बढीसम्म मूल्य लिएका थिए ।


Advertisment
Nabil box
Kumari

जस्तैः–

Vianet communication
Laxmi Bank

– पुमा र बेन्ट्लेले २ हजार ६ सय रुपैयाँमा खरिद गरिएको जुत्ताको मूल्य २६ हजार कायम गरेर ५० प्रतिशत छूट दिइरहेका थिए ।

– १ सय रुपैयाँमा खरिद गरिएका मोजाको मूल्य २ हजार ४ सय रुपैयाँसम्म तोकेर ५० प्रतिशत छूट दिइरहेका थिए ।

आपूर्ति विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालको समेत सहभागिता रहेको अनुगमन टोलीले ग्राहक ठग्ने पसलमा तत्काल शिलबन्दी गर्‍यो । व्यापारीलाई कालोबजारी ऐन अन्तर्गत प्रहरीले पक्राउ गरेको थियो । १ हप्तापछि व्यापारीलाई जरिवाना गर्दै पसलको शिलबन्दी खुला गरिएको थियो ।

यसपालिको दशैंअघि बिहीवार अनुगमन टोली दरबारमार्ग पुग्दा २ वर्षअघिकै जस्तो ठगी प्रस्ट त देखिएन तर व्यापारीले अनुगमन टोलीमा असहयोग गरे ।

अनुगमन टोली पुग्दा सटर बन्द

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बिहीवार दरबारमार्गमा अनुगमन गर्न ५ वटा टोली खटाएको थियो । ५ मध्ये एउटा टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन शाखाका अधिकृत कपिल रेग्मीले गरेका थिए । रेग्मी नेतृत्वको टोलीले दरबारमार्ग पुगेर पहिले सामसङ डिलरमा अनुमगन गर्‍यो ।

त्यसपछि शेर्पा मलमा अनुगमन थालेको टोलीले मलको भूइँतलालाई छाडेर पहिलो तलाबाट अनुगमन शुरू गर्‍यो । पहिलो तलाको पहिलो पसलमै अनुगमन गर्दा भूइँतलाका व्यापारी पसल बन्द गरेर भाग्न थाले । 

‘पसल बन्द गरेरै भागिसकेपछि कसरी अनुगमन गर्ने ?’ संयोजक रेग्मीले प्रश्न गर्दै भने, ‘हामीले पसलको दर्ता, भ्याट क्लीयरेन्स लगायतका कागजात मागिरहेका छौैं । उहाँहरूले त्यो प्रक्रिया नपुर्‍याएको हुन सक्छ तर कहिलेसम्म बन्द गर्लान् ? हामी निरन्तर फलोअप गर्छौं ।’

पसल बिहीवार दिउँसोदेखि नै खुलिसकेका छन् तर अनुगमन टोलीले त्यसपछि ती पसलमा अनुगमन गरेन । कार्यालय समयमा मात्रै अनुगमन गर्न मिल्ने भएकाले ती पसलमा बिहीवार नै अनुगमन गर्न सम्भव नभएको तर अनुगमन नरोकिने संयोजक रेग्मीले बताए ।

बिहीवार नै अर्को अनुगमन टोलीले दरवारमार्गकै बेन्ट्ले पसलमा अनुगमन गरेको थियो । पसलले अनुगमन टोलीका सदस्यलाई बिक्री बिल देखाएन । अनुगमन टोलीले अनुगमनमा असहयोग गरेको भन्दै बेन्ट्लेलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ५४ मा अनुगमन टोलीलाई अनुगमनमा सहयोग गर्नुपर्ने उल्लेख छ ।

अनुगमनमा सहयोग नगर्ने व्यापारीलाई पहिलो पटक २० हजार रुपैयाँ र त्यसपछि पटकैपिच्छे दोब्बरले जरिवाना गर्न सकिने प्रावधान सोही ऐनको दफा ३८ मा उल्लेख गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुगमन अधिकृत दीपक पोखरेलले बताए । बेन्ट्ले त्यहीँ पसल हो, जसलाई २ वर्षअघि बढी मूल्य लिएको अभियोगमा कारवाही गरिएको थियो ।

अनुगमनमा जाँदा व्यापारी भाग्नु र बेन्ट्लेले अनुगमनमा सहयोग नगर्नु लगायतका घटना हेर्दा दरबारमार्गका पसलमा खासै सुधार नआएको भन्न सकिने उपभोक्ता अधिकारकर्मी बताउँछन् । ‘सरकारी अनुगमन पनि प्रभावकारी भएको छैन । व्यवसायीको क्रियाकलापले पनि बजारमा खासै सुधार आएको देखिँदैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘न्युरोडको रन्जना कम्प्लेक्समा देखिएको व्यवसायीको व्यवहार र बिहीवार दरबारमार्गमा देखिएको केशले सुधार आएको भन्न सक्ने स्थिति छैन ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने बजारमा सुधार आएको बताउँछन् । ‘दरबारमार्गकै पसल हेर्दा केही सुधार आएको छ । २ वर्षअघिको जस्तो दोब्बर मूल्य अहिले लिने गरेका छैनन्,’ उनले भने, ‘हामीले सेल लगाएपछि र सेल लगाउन अघिको मूल्य विश्लेषण गर्न भनेका थियौं । २ वर्षअघि जस्तै दोब्बर मूल्य लिने गरेको देखिएन । अहिले केही सुधार आएको भन्न सकिने स्थिति छ ।’

बजार अनुगमन निरन्तर भइरहेको र चाडपर्वको मुखमा उपभोक्ता ठगिने सम्भावना बढी भएकाले मन्त्रालयबाट जनशक्ति मगाएर पनि अनुगमनमा जोड दिइएको विभागले जनाएको छ ।

एकैदिन २३ पसलमा अनुगमन, २ लाख ६५ हजार जरिवाना

वाणिज्य विभागले बिहीवार एकान्तकुना र दरबारमार्गमा मात्रै २३ पसलमा अनुगमन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । उनका अनुसार दरबारमार्गको बेन्ट्लेलाई २० हजार, दरबारमार्गकै स्पोट्र्स प्लाजा प्रालिलाई ७५ हजार, एकान्तकुनाको प्रोटिन हाउसलाई ५० हजार रुपैयाँ सहितका ७ वटा पसलललाई २ लाख ६५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x