असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
- केदार पनेरू
आधुनिक स्मार्ट फोनहरू
स्क्रिनमा पलपलमै समाचार
अपलोड भरहन्छन्
हे विज्ञान तेरो आविष्कार
धन्य छ
हामी कति आधुनिक
कति छिटो र परिस्कृत छौं
हेर त विगत हाम्रो
जहाँ समाचारहरू पढ्न
भूगोल पार्कको भित्तामा
आखाँहरू सोझ्याउनु पर्थ्यो
समय हेर्न त्यो घण्टाघर धाउनु पर्थ्यो
आज त्यही घण्टाघर ठिङ्ग उभिएको दशकौं नाघिसकेको छ
तर त्यो समयको सूचक जस्ताको तस्तै छ
कसैलाई पर्खंदैन
त्यो सिंहदरबार, रानीपोखरी,
धरहरा, बागदरवार मस्त लडिरहेछन्
क्यानभासमा
म निरन्तर देखिरहेछु
उनीहरूको बिम्ब
नतमस्तक हुन्छु अनि अतीत सम्झेर
म विरक्त हुन्छु
कहिलेकाहीँ
ए काठमाडौं के थिएन तिमीसँग ?
इतिहास, भूगोल, संस्कृति चिनाउन
तिमी अब्बल थियौ
संसार चिनाउने ताकÞत थियो
विश्व तिमीसँग मितेरी लाउन
तछाडमछाड गर्थे
एकाएक तिमी कमजोर भयौ
तिम्रा अन्नका भण्डारहरू
रित्ता भए
बदलामा तिम्रा नाभीहरूमा
सिमेण्टका छतहरू फले
यसले न पेट भरेको छ, न छाक टरेको छ
सिर्फ गिज्याइरहेको छ
ती महलहरूले
घिनलाग्दो छ विकास
मानिसको व्यवहार कति क्रूर छ
चिन्तनहरू दिग्भ्रमित छन्
तिमीलाई पच्छ्यौरीले झै ढाक्ने
ती हुस्सु र तुवालो देखिन्नन् अचेल
फुस्स कुहिरीमण्डल जताततै
म तिमीसँगको लुकामारीको यादगार मेटाउन
अचेल दूरदराजको यात्रा गर्ने गर्छु
हेर त हामी कति फसिसक्यौ
लत कुलत अनि दलदलमा
अरुलाई उपदेशको भारी बोकाउन आतुर छौ
आलोचना गर्न खप्पिस छौ
तर हामी ?
केही गर्दैनौं
मूल्यवान समय कटाइरहेछौं
जसरी घण्टाघरले कसैलाई कुरेन
र निरन्तर घुमिरहेछ
हाम्रो गन्तव्य कहाँ हो
कता जानुपर्ने हो ?
के गर्दैछौं ?
कहाँ पुग्दै छौं ?
थाहा छैन
त्यसैले ए विज्ञान
म तलाई ललकार्छु
अनि आह्वान गर्छु
हाम्रो अबको वाटो
अनि गन्तव्य कोरी दे
तागत छ भने भविष्य देखाइ दे
हाम्रो यात्रा कहाँसम्मको हो
जहाँ समुन्नत समाज निर्माण होस्
अनि गणतन्त्र फलोस् फुलोस् !
चन्द्रागिरी–१३ काठमाडौं ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...