यामाहाको दशैं योजना –विजेताहरूले पाए नगद सहितको पुरस्कार

असोज १३, २०७६

काठमाडौं – एमएडब्लु इन्टरप्राइजेज, नेपालको लागि यामाहा बाइकहरु र मोटरसाइकलहरुको आधिकारिक वितरकले बडादशैं २०७६ को सुखद उपलक्ष्यमा आफ्नो दशैं योजना भिक्ट्री शुभारम्भ गरेको छ ।

यस योजना अन्तर्गत यामाहा बाइक र मोटरसाइकलहरुमध्ये कुनैपनि एक खरीद गर्नेले हरेक दिन गरिने लक्की ड्रबाट रु.१ लाख नगद जित्ने मौका र कुनै पनि यामाहा मोटरसाइकलको खरीदमा ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट प्राप्त गर्नेछन् । 


ADVERTISEMENT

साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगिता मा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ र यो हप्ताको विजेता नन्दा महर्जन भएका छन् ।

मनसुन झरीलाई बेवास्ता गर्दै हरेक दिन सयौं ग्राहकहरुले यामाहाको शोरुममा बाइकहरुको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई भिक्टर बन्न भ्रमण गरिरहेका छन् । यसरी भ्रमण गरेका एक हजारभन्दा बढी सहभागीहरुमध्येबाट २५ जनाले भिक्टर बनेर १/१ लाख रुपैयाँ जितिसकेका छन् ।

 यस योजनामा ८ हजारभन्दा बढीको संलग्नता रहिसकेको छ ।

असोज १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस