मोरङको रंगेली काठमाडौंको कपनमा लक्ष्मी बैंकको शाखा

असोज १३, २०७६

काठमाडौं– लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ११४औं शाखा मोरङको रंगेली र ११५औं शाखा काठमाडौंको कपनमा सञ्चालनमा ल्याएको छ ।

यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । 


ADVERTISEMENT

यी नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटीएम, २५०० भन्दा बढी रेमिटेन्सएजेन्ट तथा ६४ शाखा रहित बैंकिङएजेन्टहरू पुगेका छन् ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रका बजारमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ ।

यी शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले जनाएको छ ।
 

असोज १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस