कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं – आइतवार साँझ ९ बजेर ३ मिनेटमा महानगरीय प्रहरी कार्यालय कन्ट्रोलको १०० नम्बरमा फोन आयो ।
फोन गर्ने महिलाले आफू दुर्व्यवहारमा परेको जाहेर गरिन् । प्रहरीले सोधे, ‘कसले गर्यो ?’ ती महिलाले दिएको जवाफ सुनेर फोनमा कुरा गर्ने प्रहरी झस्किए ।
ती महिलाले भनिन्, ‘मलाई सभामुख कृष्णबहादुर महराले दुर्व्यवहार गरे, न्याय पाउँ ।’
त्यसपछि फोन उठाउने प्रहरी कर्मचारीले महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीलाई खबर गरे । क्षेत्रीलाई कन्ट्रोलका कर्मचारीले सोधे, ‘भीभीआईपीको नाम आयो सर, के गरौं ?’
त्यसपछि महानगरीय प्रहरी कार्यालयले महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रमुख डीएसपीलाई घटनाबारे जानकारी गराउँदै ती महिलालाई सम्पर्क गरी सत्यतथ्य बुझ्न निर्देशन दियो । ‘कृष्णबहादुर महरा अरु पनि हुन सक्छन्, सचेत भएर बुझ्नू,’ थापाले निर्देशन दिए ।
डीएसपी आफैं तीनकुनेस्थित ती महिलाको डेरामा गए । प्रहरीले घटनास्थलको सबै कुरा रेकर्ड गर्यो । महिलाको भनाई र अभिलेख तत्काल रेकर्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
‘त्यहाँको सिन रेकर्डपछि प्रहरीले महिलाको बयान लियो । बयानमा ती महिलाले मलाई हातापाई भयो, मिस बिहेव भयो भनिन्,’ ज्ञवालीले भने, ‘तपाईंलाई हातापाई भएको हो भने मेडिकल गर्नुपर्छ अस्पताल जाउँ भनेर प्रहरीले उनलाई आग्रह गरेको थियो तर ती महिलाले अस्पताल जान मानिनन् र प्रहरीका निवेदन दिन पनि मानिनन् ।’
ती महिलाले ‘म निवेदन पनि दिन्न, प्रहरीमा पनि जान्न’ भनेर जिद्दी गरेपछि प्रहरी फर्किएको ज्ञवालीले बताए । महिलाले ‘म अहिले जादिनँ, भोलि मेरा श्रीमान् आएपछि जान्छु’ भनेपछि प्रहरी त्यहाँबाट फर्कियो ।
महिलाले प्रहरीमा निवेदन नदिएपनि प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको प्रवक्ता एसएसपी ज्ञवालीले बताए । प्रहरीले अनुसन्धानका लागि प्रमाणहरू सुरक्षित राखेको ज्ञवालीले बताए ।
‘प्रहरीले ती महिलालाई पीडित ठानेर अनुसन्धान गरिरहेको छ । महिलाले लगाएको आरोप सावित गर्न ती महिलाले प्रहरीमा उजुरी दिनुपर्छ । मेडिकलका लागि तयार हुनुपर्छ, प्रहरी त्यसको प्रतिक्षामा छ,’ एसएसपी ज्ञवालीले भने ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...