मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवल– दशैं तपाई/हाम्रो घर आंगनमा आइसकेको छ । रोजगारीका लागि भारतका विभिन्न शहरमा काम गर्ने नेपालीहरू पनि स्वदेश फर्किने क्रम बढेको छ ।
रूपन्देहीको बेलहिया नाका स्थलमार्ग हुँदै भारतका विभिन्न शहरमा काम गर्ने नेपालीहरू दशैं मनाउन घर फर्किने भीड लाग्न थालेको हो । जसले गर्दा सीमा क्षेत्रमा दशैंको रौनक बढ्दै गएको छ ।
यसरी फर्किएका अधिकांश दशैंतिहार र छठ पर्व मनाएर फेरि भारतमै काम गर्न फर्किने गर्छन् । अर्कोतर्फ चाडपर्वका लागि सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको घुइँचो समेत लागेको छ । नेपालीहरू सामान सस्तो हुने भन्दै सुनौली बजारमा खाद्यान्नदेखि लत्ताकपडासम्म किन्न पुग्ने गर्छन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सस्तो हुने नाममा सुनौलीमा सामान किन्न नहुने र नेपाली बजारमै उपयुक्त रहेको बताउँछन् । ‘नेपालीहरू चिनी सस्तो दिन्छ भनेर सुनौली जान्छन् । अरू सबै खाद्यान्नदेखि कपडासम्म भारतीय व्यापारीले ठग्ने गर्छन्,’ अध्यक्ष हमालले भने ।
प्रहरीले सुनौली बजारमा नेपालीहरू ठगिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । घटस्थापनासँगै दैनिक १ हजार ५ सयभन्दा बढी नेपाली घर फर्किंदै छन् ।
बेलहिया नाका नेपालकै दोस्रो ठूलो नाका हो । यो नाका हुँदै प्रदेश ५, ३ र गण्डकी प्रदेशका विभिन्न जिल्लाका बासिन्दा घर फर्किने गर्छन् । भारतको नयाँदिल्लीबाट आफ्नो घर पर्वत फर्किंदै गरेका रमेश वनले विगतका वर्षहरूमा जस्तो यसवर्ष सुनौली नाकामा आफूहरूले झञ्झट व्यहोर्न नपरेको बताए । उनले भने, ‘नेपाली र भारतीय सुरक्षाकर्मीले यात्रु सहायता कक्ष स्थापना गरेका रहेछन् जसले गर्दा पैसा असूल गर्नेहरूले पनि दुःख दिएनन् ।’
इलाका प्रहरी बेलहियाका प्रहरी निरीक्षक कमल बेलबासेले स्थानीय नागरिक समाज र भारतीय सुरक्षाकर्मीसँग सहकार्य गर्दै यात्रुको सुरक्षालाई प्रभावकारी बनाएको बताए ।
उनले चाडपर्वका लागि भारतमा रोजगारी गरी घर फर्किने नेपालीको संख्या बढ्दो रहेको बताए ।
घर फर्किने र सामान किनमेल गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले सीमा नाकामा चौबीसै घण्टा चहलपहल बढेको छ ।
भारतको दिल्ली, मुम्बई, कश्मीर, हरियाणा, भोपाल, कानपुर, लखनऊ, मद्रास, केरला, पञ्जाब, राजस्थान, इलाहाबादलगायत शहरमा रोजगारी गरी बालबच्चा र परिवारका साथ दशैं मनाउन सुनौली नाका हुँदै घर आउने गरेका छन् । रोजगारी गर्ने मात्र होइन भारतका विभिन्न स्थानमा अध्ययनरत नेपाली विद्यार्थीको आगमन पनि अहिले बढ्दो छ ।
चाडपर्वका बेला भित्रिएका यात्रुलाई समस्या हुन नदिन र सहयोग गर्न भैरहवा भन्सार परिसर अगाडि नागरिक सहायता कक्ष स्थापना गरिएको छ । कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी, स्थानीय नागरिक समाजका प्रतिनिधि, बेलहिया गाउँ समाज, लुम्बिनी खुकुरी क्लब, स्थानीय होटल व्यवसायीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि छन् ।
चोरी, पाकेटमार, नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले अत्यधिक भाडा लिने, यात्रु मिलाइदिएबापत कमिसन खाने व्यक्ति सक्रिय हुने गरेकाले यसलाई रोक्न सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रु तानातान गर्ने, बस टिकट मिलाइदिने भन्दै पैसा असुलेर यात्रुलाई अलपत्र पार्ने, एउटा सिटको बस टिकट धेरै जनालाई दिने, यात्रुको चापअनुसारको गाडी उपलब्ध नहुनेजस्ता समस्या विगतका चाडपर्वका बेला सीमा नाकामा यात्रुले भोग्ने समस्या हुन् ।
विगतमा दशैंका लागि आउनेलाई सुनौलीस्थित बसपार्कदेखि रिक्सावालाले तानातान गर्न शुरू हुन्थ्यो । रिक्सावालाले मौकाको फाइदा उठाउँदै ३० रुपैयाँ भाडा लाग्नेमा ४ सय रुपैयाँसम्म असुल्थे । सुनौली बसपार्कमा खटिने जनपद प्रहरी, भारतीय सुनौली भन्सारका कर्मचारी र दश गजामै सटेको सुनौली जनपद प्रहरी चौकीमै चेकजाँचका नाममा नेपाली यात्रुमाथि लुटपाट र रकम असुली हुने गर्थ्यो ।
भैरहवा, बुटवल, मणिग्राम, मंगलापुर, शंकरनगरलगायत रूपन्देही जिल्लावासी र पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासीको सुनवल, परासी, बर्दघाटदेखि दशैंका लागि सामान खरिद गर्न सुनौली जाने नेपाली उपभोक्ता हजारौंको संख्यामा छन् । साबुन, सर्फ, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिस लगायत खाद्यान्न, खाने तेल, घिउ, कुर्ता सलवार, साडी र अन्य श्रृंगारका सामान नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।
जिल्ला प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना लागू गरेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम थापाले बताए ।
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...