मह जोडीले निर्देशक भट्टराईलाई लिएर नयाँ फिल्म बनाउने

असोज १६, २०७६

काठमाडौं- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) नयाँ फिल्मको घोषणा गरेको छ । 

मह जोडीले षट्कोण आर्ट्सको ब्यानरमा निर्देशक प्रदीप भट्टराईको सहकार्यमा नयाँ फिल्म बनाउने घोषणा गरेको हो । 


ADVERTISEMENT

फिल्मको नाम भने खुलाइएको छैन । नयाँ फिल्म २०७७ साल कार्तिक ७ गते रिलिज हुने निर्देशक भट्टराईले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् । 

मह जोडीले यसअघि शत्रु गते र दाल भात तरकारी निर्माण गरिसकेको छ । 

प्रदीप भट्टराईले जात्रा, शत्रु गते र जात्रैजात्रा निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेका तीनै फिल्म हिट भएका थिए । 

असोज १६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस