रिलिज भएको भोलिपल्टै अन्लाइनमा लीक भयो 'वार'

असोज १७, २०७६

काठमाडौं – हृत्तिक रोशन र टाइगर श्रोफले खेलेको फिल्म वारले बक्स अफिसमा शानदार शुरूआत गरेको छ राम्रै समीक्षा पाएको छ । 

तर रिलिजकै भोलिपल्ट फिल्म अन्लाइनमा लीक भएको छ । 


ADVERTISEMENT

कुख्यात लीकर साइट तमिल रकर्सले वारको एचडी प्रिन्ट लीक गरेको हो । सरकारले यो वेबसाइट ब्लक गरेको भए पनि प्रयोगकर्ताहरू प्रोक्सी सर्भरमार्फत त्यसमा एक्सेस गरिरहेका छन् । 

तमिल रकर्सले यसअघि पनि थुप्रै फिल्म लीक गरिसकेको छ । कतिपय फिल्मलाई त लीक गरेरै डुबाइदिएको पनि छ । 

हृत्तिक रोशनले पाइरेसी रोक्नका लागि सामाजिक सञ्जालमा मानिसहरूलाई अनुरोध पनि गरेका थिए । उनले लेखे, ‘म मानिसहरूलाई व्यक्तिगत अनुरोध गर्छु । हामीहरूले निकै मेहनत गरेर रगत पसिना बगाएर प्रेमपूर्वक वार फिल्म बनाएका हौं । फिल्म हेरिरहँदा वा हेरिसकेपछि यसको स्पोइलर अरूलाई नसुनाइदिनुहोला । सुनाएमा अरूलाई फिल्म हेर्न मज्जा आउँदैन । तपाईंहरूमाथि विश्वास गर्दै ।’

वारले पहिलो दिन नै ५३.३५ करोड भारु कमाएर बम्पर ओपनिङ गरेको छ । दोस्रो दिन बिहीवार फिल्मले २२.५ करोड भारु कमाएको छ । 

एजेन्सी
 

असोज १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस