×

NMB BANK
NIC ASIA

‘ट्राउट’ माछाबाट मालामाल

असोज १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मेलम्ची – हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ ।

Sagarmatha Cement
Muktinath Bank

विसं २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र असफलता भोग्नुपर्‍यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एक वर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विस्तारै माछापालनमा ‘सिक्दै, गर्दै’ को पाँच वर्षको अनुभवपछि भण्डारी दाजुभाइ अब्बल बनिसकेका छन् । माछापालनबाट रु ५० लाखसम्म आम्दानी गरिरहेका उनीहरुले माछापालनका लागि भण्डारी ‘रेन्बो ट्राउट रिर्सच सेन्टर’ नै खोलिसकेका छन् । 'यहाँ वार्षिक दुई लाख भुरा उत्पादन हुन्छ, माछापालनबारे सिक्न आउने गर्छन्', उत्तममणि भण्डारीले भने, ‘बजारयोग्य माछाका लागि दुई वर्षको समय कुर्नुपर्ने हुन्छ ।’ पाँच रोपनी जग्गा पोखरी बनाएर गरिएको माछापालनमा वार्षिक १० टनसम्म माछा उत्पादन हुने गरेको भण्डारीले बताए।


Advertisment
Nabil box
Kumari

‘गएको वर्ष ७० लाख बराबरको माछा बिक्री गरियो’, उत्तममणिले भने। शुरू गर्दा भालेपोथी छनोट, अण्डा निर्चोने, ‘स्पोन’ सङ्कलनजस्ता धेरै चरण पार गरिसकेपछि मात्रै माछालाई सुरक्षित भुरा बनाउन सकिने भण्डारीले बताए।

Vianet communication
Laxmi Bank

“माछा मर्नुको प्रमुख कारण ढुसी र अयोग्य पानीले गर्दा हो”, उनले भने। त्यसैले प्लान फिल्टर राखेर माछालाई स्वथ्यकर राखिन्छ । ‘एका’, ‘एभिलेन्स,’ ‘फिङ्गरलेन्स’ हुँदै एउटा अण्डारुपी माछालाई प्वाँखले फिट्ने गरिन्छ । दुई, हप्तामा अण्डा निचोरिसकेपछि केलाएर राखिन्छ । ‘आइडेग’ र ढुसीलाई पन्छाएर तीन हप्तापिच्छै जाँच गरेर बल्ल १२/१८ महीनाको कुराइपछि माछाले भुराको रुप लिन्छ ।

‘प्रत्येक कात्तिक महीनामा सूचि बनाएर काम गर्ने गर्छौं’, किउलमा दुई वर्षदेखि ‘ट्राउट’ माछापालन गरिरहेकी माया तामाङले भने। परिपक्व भएका माछा र अन्यलाई गणनात्मकरुपमा अलग छुट्याइने गरिएको उनले भने, ‘यहाँ उत्पादित माछा यहीका रिसोर्ट, होटेलदेखि राजधानीसम्म पुग्ने गर्छ ।’ माछाबाट वार्षिक रु ३० लाख आम्दानी हुने भएपछि उत्साहकासाथ जुटिरहेको मायाको भनाइ थियो ।

माछालाई स्वस्थ्य राख्नका लागि नूनपानीको घोल बनाएर खुवाइने गरिएको छ । जसले बजारमा लैजान नबनेसम्म फुर्तिलो बनाइराखोस् भन्ने लक्ष्य हुन्छ । ट्राउट माछाको माग बजारमा सधैं बढिरहने भएपछि भण्डारी र मायाजस्ता उद्यमी हेलम्बुभर भेटिन थालेका छन् । अन्यभन्दा राम्रो आम्दानी हुने भएपछि माछापालनप्रति कृषकको आकर्षण बढ्दो छ ।

जिल्लाको भोटेकोशी गाउँपालिकाको तातोपानीदेखि हेलम्बु, मेलम्ची नगरक्षेत्रमा व्यावसायिकरुपमा ‘रेन्बो ट्राउट’ माछापालन हुने गरेको छ । जिल्लाभर १० वटा ट्राउट माछा फार्म रहेको र त्यसले वार्षिक १६ टनसम्म माछा उत्पादन गर्ने गरेको तथ्याङ्क छ । देवराज सुवेदी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x