कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
धनगढी । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको ‘दशैँकप फुटसल प्रतियोगिता’को उपाधि स्टार सिटी कैलालीले जितेको छ । आज भएको फाइनलमा एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजलाई एकका विरुद्ध चार गोल गर्दै स्टार सिटीले उपाधि उचालेको हो ।
उपाधिसँगै सिटीले रु ३० हजारसहित ट्रफी र मेडल पाएको छ । उपविजेता एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले रु १५ हजारसहित ट्रफी र मेडल पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी स्टार सिटीका सन्दीप कुँवर र सर्वाधिक गोलकर्ता स्टार सिटीकै कमल देउवा र उत्कृष्ट गोलरक्षक एक्सपर्टका मिलन लामा भए ।
यसअघि आजै भएको सेमिफाइनलमा स्टार सिटीले फ्रेण्ड्स क्लब कैलालीलाई पराजित गरेको थियो भने एक्सपर्टले विशाल युवा क्लबलाई पराजित गरेको थियो । फ्ल्याटल्याण्डका सञ्चालक प्रेम जोशीको अध्यक्षतामा भएको समापन समारोहमा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य प्रकाश विष्ट र कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष मोहित शाहले पुरस्कार वितरण गर्नुभयो । फुटसल खेलप्रतिको आकर्षणसँगै पछिल्लो समयमा यहाँ लगातार फुटसल प्रतियोगिता हुने गरेका छन् ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...