×

NMB BANK
NIC ASIA

काठमाडौं– यदि तपाईं शाकाहारी हुनुहुन्न भने पक्कैपनि दशैंमा मासु खाने योजना बनाउनुभएको वा खाँदै हुन सक्नुहुन्छ ।

Muktinath Bank

तपाईंले दशैंमा केको मासु खाने सोच बनाउनु भएकोे वा खाँदै हुनुहुन्छ ? खसीबोका, च्याङ्ग्रा, कुखुरा, माछा आदि–आदि ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईंले खानको लागि छनौट गरेको मासु तपाईंको स्वास्थ्यका लागि कति स्वस्थकर छ, ख्याल गर्नुभएको छ ?


Advertisment
Nabil box
Kumari

केको मासु खाने भन्ने कुरा सबै मानिसको आ–आफ्नो व्याक्तिगत रुचिको विषय हो । स्वाद, गन्ध र स्वास्थ्यका हिसाबले मानिसहरूले खसी, बोका, च्याङ्ग्रा, कुखुरा, बंगुर, रांगो, माछा आदिलाई आफ्नो रोजाइमा पार्छन् ।

Vianet communication
Laxmi Bank

केको मासु खाने भन्ने निर्णय स्वास्थ्य अवस्थालाई ख्याल गरेर लिनुपर्ने चिकित्सक बताउँछन् ।्

स्वाद र गन्धको हिसाबले मासु रोज्दा स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्छ  ।

‘खासगरी बालबच्चा र पाको उमेर भएकाहरूलाई बोसो बढी भएको मासु राम्रो मानिँदैन, किनकी बोसो भएको मासु सानो उमेरका बालबालिकाले सजिलै पचाउन सक्दैनन्,’ वरिष्ठ होमियोचिकित्सक डाक्टर प्रेम नारायण श्रीवास्तवले भने ।

डाक्टर श्रीवास्तवका अनुसार ४० उमेर काटेपछि मानिसमा सुगर, प्रेसर जस्ता रोगहरू लाग्ने सम्भावना रहन्छ, त्यसैले बोसोयुक्त मासु नखानु राम्रो हुन्छ ।

पशु विभागमा कार्यरत डा. चन्द्र ढकालका अनुसार मासु खानका लागि खसीभन्दा बोका राम्रो र बोकाभन्दा पनि च्याङ्ग्रा राम्रो र स्वस्थकर हुन्छ । खसीको मासुमा अत्याधिक मात्रामा बोसो पाइन्छ, खसीको

तुलनामा बोकाको मासुमा कम मात्रामा बोसो हुन्छ । ‘खसीमा यौन उत्तेजना हुँदैन, तर बोकामा यौन उत्तेजना र सक्रियता बढी हुन्छ, जसका कारण बोकामा कम मात्रामा बोसो पाइन्छ,’ ढकालले भने ।

च्याङ्ग्रा हिमाली भेगमा मात्रै पाइने प्रजाति हो । सामान्यतया च्याङ्ग्राले  धेरै हिँडेर मात्रै आफ्नो आहारा पूर्ति गर्ने गर्छ । च्याङ्ग्राको शरीरले बढी मात्रामा शारीरिक अभ्यास गर्ने हुनाले उसको शरिरमा बोसोको मात्रा कम हुने पशु चिकित्सक ढकालको भनाइ छ । 

कम बोसो भएको मासु बालबालिकादेखि बुढापाकासम्मलाई हितकर हुने हुँदा च्याङ्ग्राको मासु तुलनात्मक रूपमा राम्रो र स्वास्थकर हुन्छ ।

कम बोसो भएको मासु बढी फाइबरयुक्त हुन्छ जसका कारण त्यस्तो मासु शरीरले सजिलै पचाउन सक्छ । खसीबोकाको तुलनामा च्याङ्ग्राको मासु कम बोसोयुक्त भएकोले बढी फाइबर पाइने पशु चिकित्सक डा. चन्द्र ढकालको भनाइ छ ।

मधुमेह, रक्तचाप र पायल्स भएका रोगीहरूले बोसो भएको मासु खान उपयुक्त मानिँदैन । सबै उमेर समूहका लागि र रोगीहरूका लागि पनि कम बोसो भएको च्याङ्ग्राको मासु तुलनात्मक रूपमा उपयुक्त हुने चिकित्सकहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x