कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं – दशैंमा मासु एक किसिमको कल्चरजस्तै बनिसकेको छ ।
कतिपय ग्रामिण क्षेत्रमा वर्षमा एक/दुईपटक मात्र मासु खानेले पनि दशैंमा घरमा खसी नै ढाल्छन् । केहीवर्ष अगाडिसम्म देशका अधिकांश भू–भागमा यस्तै अवस्था थियो । अहिले आएर शहरी भू–भागमा त मासु दैनिक खानपानको हिस्सा नै बनिसकेको छ ।
यदि तपाईंले पनि दशैंमा मासु खाँदै हुनुहुन्छ भने खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूको सुझाव छ ।
दशैं निकै लामो चाड हो, यो १५ दिनसम्म मनाइन्छ । देशका अधिकांश भू–भागमा विशेषगरी सातौं अर्थात् फूलपातिको दिनदेखि दशौं अर्थात् विजया दशमीको दिनसम्म धेरै मासु खाने गरिन्छ ।
विभिन्न परिकार बनाएर आवश्यकताभन्दा बढीनै मासु खाने चलन छ । तर स्वास्थ्य अनुकूल हुनेगरी मासुको मात्रा निर्धारण गर्न र पकाउने तरिका अपनाउन चिकित्सकको सुझाव छ ।
मासु कति खाने ?
‘मासुमा अत्यधिक मात्रामा प्रोटिन पाइन्छ । ‘सुगर, प्रेसर र पायल्स भएकाहरूले मासु खाँदा निकै ध्यान दिनुपर्ने हुन्छ,’ वरिष्ठ आयुर्वेद डाक्टर प्रेमनारायण श्रीवास्तव भन्छन् ।
धेरै उमेरका मानिसले रातो मासु सकेसम्म कम खाने र खसीबोकाको सट्टामा कुखुरा अथवा माछाको मासु खाँदा स्वास्थ्यलाई फाइदा हुने उनले बताए । माछा र कुखुरामा कम बोसो हुने हुँदा स्वास्थ्यलाई कम असर गर्ने उनको भनाइ छ । अझ माछामा पाइने ओमेगा ३ ले शरीलाई थप फाइदा पुर्याउने उनको भनाइ छ ।
सागपात र सलादको परिकार प्रशस्त खाएर मासु कम खान डाक्टर श्रीवास्तवको सुझाव छ ।
१०० ग्राम मासुमा २५ ग्राम प्रोटिन पाइन्छ, साथै भिटामिन, मिनरल र जिंक पाइने राम्रो स्रोत पनि मासु हो । बच्चालाई २५ देखि ३० ग्राम र बयस्कलाई ६० देखि १०० ग्राम प्रोटिनको आवश्यकता पर्छ ।
आवश्यकभन्दा बढी प्रोटिनजन्य खाना खाएमा पचाउन शरीरलाई गाह्रो हुने र असर गर्ने भएकाले उमेर, दैनिकी र स्वस्थ्य स्थितिअनुसार मासु खान डा. श्रीवास्तवको सुझाव छ ।
बेलुकाको समयमा मासु खाँदा रातिको समयमा पचाउन गाह्रो हुने भएकाले सकेसम्म रातिको समयमा मासु नखाउन उनले सुझाव दिए ।
मासु कसरी खाने ?
चिल्लो, पिरो र मसलेदार मासु मन पराउनेहरू धेरै छन् ।
मासु उमेर समूह र स्वास्थ्य स्थितिअनुसार फरक–फरक तरिकाले तयार गरेर खान सकिने चिकित्सकको सुझाव छ ।
‘बालबालिकाले बढी चिल्लो, पिरो र मसलेदार खाना पचाउँदैनन्, त्यसैले उनीहरूलाई थोरै र सकेसम्म उमालेको मासु दिँदा राम्रो हुुन्छ,’ डा. श्रीवास्तवले भने ।
मासु उमालेर खाँदा स्वाद मिठो नलाग्न सक्छ, तर स्वादभन्दा पनि स्वास्थ्यको दृष्टिले मासुमा चिल्लो र मसला कम राखी उमालेर पकाउनु राम्रो हुने उनको भनाइ छ ।
श्रीवास्तवका अनुसार एकैपटक धेरै मासु खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । मसलेदार, चिल्लो र पिरो मासु खाँदा कब्जियत हुन सक्ने, वाकवाकी लाग्न सक्ने, पेट दुख्न सक्ने र पखाला लाग्न सक्ने उनको भनाइ छ ।
मधुमेह र रक्तचाप भएका रोगीहरूले मासु खाँदा सकेसम्म बोसो नभएको र उमालेर मात्र थोरै मात्रामा प्रयोग गर्नुपर्ने उनले बताए । उनका अनुसार पायल्सका बिमारीले त चिल्लो र मसलेदार खाना खानै हुँदैन ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...